वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बाढी प्रभावित गाउँमा बर्दियाका प्रजिअ र जिससको टोलीद्वारा अनुगमन

        भावुक योगी   |   प्रकाशित मितिः बुधबार, भदौ १४, २०७४     ::: 594 पटक पढिएको   |  

ठाकुरबाबा,बर्दिया ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई र जिल्ला समन्वय समितीका सभापति शंकर थारु सहितको टोलीले बर्दियाको बाढी प्रभावित गाउँको स्थलगत अनुगमन गरेको छ।
तिन दिन अघि मात्रै आउनु भएका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिका लगायतका बाढी प्रभावित गाउँमा मंगलवार स्थलगत अनुगमन गरेका हुन् ।
बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा बबई नदीको बाढी पस्ने मुख्य ठाउँ र नदी कटानका समस्याका बारेमा अनुगमनमा आएको टोलीलाई जनप्रतिनिधीहरुले अवगत गराएका थिए ।


यस्तै ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठ, उपमेयर कृष्णा कुष्मा थारुले स्थलगत अनुगमनमा आएको टोलीलाई बाढीले भत्काएका पुल र खोलानालाले कटान गरेको सडक लगायतका स्थानलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको थियो ।
साउन २७ र २८ गतेको अविरल वर्षाका कारण बबई नदी र स्थानिय खोलानालामा २९ गते आएको बाढीका कारण सदरमुकाम गुलरिया नगरपालिका सहित बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकाका अधिकाँश गाउँ डुबानमा परेपछी हजारौ घरपरीवार प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: