वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बर्दियामा अन्तराष्ट्रिय स्तरको नमुना बहुउद्देश्यीय कभर्ड हल निर्माण हुने

        छापाबाट   |   प्रकाशित मितिः मङ्लबार, भदौ १३, २०७४     ::: 551 पटक पढिएको   |  

गुलरिया,बर्दिया ।
बर्दियामा अन्तराष्ट्रिय स्तरको मापदण्ड भएको नमुना बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलहरु जिल्लामा खेलाउन सकिने विभिन्न सम्भाव्यताका आधारमा बर्दिया छनौट भए अनुसार बर्दिया सदरमुकाम गुलरियामा अन्तराष्ट्रिय स्तरको मापदण्ड भएको नमुना बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिने भएको जिल्ला खेलकुद विकास समिति बर्दियाले जनाएको छ ।

जिल्लामा खेलकुद विकासको ठुलो सम्भावना भएपनी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कभर्ड हल नभएका कारण विभिन्न प्रकारका खेलहरु खेल्न र खेलाउन समस्या भएपछि बर्दियाको गुलरियामा अन्तराष्ट्रिय स्तरको मापदण्ड भएको नमुना बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिन लागेको जिल्ला खेलकुद विकास समितिका प्रमुख महेस चन्दले बताए । सात विगाह क्षेत्रफल जग्गामा रहेको खेलमैदानमा बहुउद्देश्यीय कर्भड हल निर्माण गरिने उनको भनाई छ ।

यसैविच कर्भडहल निर्माणका लागि नेपाल सरकारले राष्ट्रिय बजेटमा समावेश गरीसकेकोले निर्माण प्रकृया चाडै शुरु हुनुका साथै बजेटको पनी कुनै कमी नहुने युवा तथा खेलकुद मन्त्री राजन केसीले बताएका छन । मध्यपश्चिममा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्व तयारीका केही खेलहरु बर्दियामा हुने भएकोले खेलकुद सम्वन्धि भौतिक पुर्वाधार अवलोकनका क्रममा सोमवार प्राविधिक टोली सहित बर्दिया आएका मन्त्री के.सी.ले बर्दियामा निर्माण गरिने कर्भड हलका लागि नेपाल सरकारले राष्ट्रिय बजेटमा समावेश गर्नुका साथै डीपीआर अन्तिम चरणमा पुगेको जानकारी दिए ।

अहिलेको बजेटमा न्युन बजेट २५ लाख रुपैया डीपीआरका लागि राखीएको बताउदै डीपीआर अन्तिम अवस्थामा पुगेकोले केहीदिन भित्रै डीपीआर रिर्पोट आउने र त्यसैको आधारमा आवश्यकता अनुसारको बजेट निकासाका लागि प्रकृया अगाडी बढाउने उनको भनाइ छ । ‘एक डेढ महिना भित्रै डीपीआर प्रतिवेदन आउछ’ उनले भने ‘त्यसपछि १५/२० करोड जती बजेट विनोयोजन गरेर काम अघि बढछ ।’

नेपाल सरकारले आफनो बजेटमा सम्वोधन गरिसकेको अवस्थामा त्यसमा पैसा बढाउन समस्या नहुने बताउदै मन्त्री केसीले ठाउँ परिचान भएर डिपिआर बनी सकेको अवस्थामा केही रकम बढाएर यो ठाँउलाई बर्दिया जिल्लाकै नमूना खेल मैदानको रुपमा राख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्: