वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

थारु समुदायको अट्‍वारी पर्व र पूजा विधि

        सोम डेमनडौरा   |   प्रकाशित मितिः मङ्लबार, भदौ १३, २०७४     ::: 117 पटक पढिएको   |  

‘सूर्यको उपासनाको क्रममा भाद्र महिनामा कृष्णाजन्माष्टमी पछिको शुक्ल पक्षको प्रथम आइतबारका दिन थारु पुरुष तथा महिलाद्धारा दिनभरी व्रत रही साँझ पुरुषद्धारा नै पबित्र तरिकाले रोटी पकाई दही, फलफूल आदि परिकार अग्नी देवतालाई अर्पण गरि आफ्ना बिबाहित दिदी बहिनीहरुका लागि अग्रासन तत्पश्चात सबै परिकार खाँदै मनाइने पर्बलाई अट्वारी भनिन्छ ।’ थारु संस्कृतिको संक्षिप्त परिचय, गोपाल दहित।
अट्वारी बल, शक्ति, न्याय र सहयोग तथा सद्धभाबको पर्व हो । यस अबसरमा आगो, पानी तथा भिवाँको पूजा गरिन्छ । भिवाँ प्रतिको समर्पण र दिदीबहिनीहरुको माया स्वरुप यो पर्ब अत्यन्त सौहार्द तरिकाले मनाइने गरिन्छ ।

अट्वारीलाई बर्का अट्वारी पनि भन्ने गरिन्छ । अट्वारीमा बिशेष गरेर आगो र भिवाँको पूजा गरिन्छ । भिवाँ भनेका बर्किमारका प्रमुख पात्र हुन् । बर्किमार हिन्दुशास्त्र महाभारतसँग मिल्दोजुल्दो छ । बर्का अट्वारी आदिबासी थारु जातीले मनाउने एउटा महत्वपूर्ण साँस्कृतिक र धार्मिक परम्परा बोकेको पर्व हो । यो पर्व अष्टिम्की ९थारु महिलाले ब्रत बसेर भगवान श्रीकृष्णको जन्मको अवसरमा पुजा गरिने दिन० पछिको दोस्रो आइतबार मनाइने प्रचलन रहेको छ । यो पर्व खास गरेर पुरुषले मनाउने चलन रहेता पनि महिलाहरु पनि व्रत बसेर अट्वारी रहने गर्दछन् । आइतबारको दिन मात्र मनाउने भएकाले यस पर्बको नाम अट्वारी रहन गएको हो । अट्वारी मनाउन थालिएको सम्बन्धमा एउटा ऐतिहासिक घटना पनि छ ।
महाभारतका पाँच पाण्डबहरु र दांगका थारु राजा दंगीशरणको लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको थियो । दुर्पती सहित पाँच पाण्डबहरु सुर्खेतको काँक्रेबिहार (थारु परम्परा अनुसार भिवाँक घर) मा आएका रहेछन् । त्यसैबेला नै थारु राजा दंगीशरणको राज्यमा शत्रुहरुले आक्रमण गरेछन् । यो खबर पाउने बित्तिकै तावामा पाक्दै गरेको रोटी छोडी तुरुन्तै राजा दंगीशरणको पक्षमा लड्न गए । र शत्रुलाई हराए पनि।

यसरी भोंक प्यास नमानीकन ज्यानै दिएर थारु राजाको पक्षमा लडेर बिजय दिलाएकाले थारु समुदायमा भिवाँ ज्यादै पुजनीय छन् । यो घटना आइतबारका दिन घटेको भन्ने बिश्वास रहेको छ । त्यसैले यस पर्बलाई बिजय उत्सबको रुपमा पनि लिइन्छ । भिवाँले पाक्दै गरेको रोटी छाडेर युद्धमा गएकाले रोटी एकातिर मात्र पाक्यो । तसर्थ, अट्वारीमा पहिलो रोटी ठुलो र एकापत्ति मात्र भिवाँको नाममा पकाइन्छ । सो रोटीलाई भिवाँको नाममा चढाइन्छ । यो रोटीलाई “भ्यावाँ” भन्ने गरिन्छ ।

थारु समुदायमा दुइटा अट्वारी मनाउने पनि प्रचलन रहेको छ । खासमा शुरुको अट्वारीलाई बर्का अट्वारी भनिन्छ र दोस्रोलाई छोट्की अट्वारी भनिन्छ । कसैगरि केहि कारणबस् दिइएको तिथि मितिमा अट्वारी मनाउन सकिएन भने त्यसपछिको आइतबारको दिन छोट्की अट्वारी मनाउने चलन छ । अट्वारीमा आफ्ना बिबाहित दिदीबहिनीहरुलाई दिइने अग्रासनलाई बिशेष महत्वका साथ लिइने गरिन्छ ।

अट्वारी मनाउने विधि:
अट्वारी बिशेष गरेर २ दिन बनाउने गरिन्छ । दुबै दिन अत्यन्त महत्वपूर्णका साथ लिइन्छ । पहिलो दिन पूजापाठ तथा अट्वारीका मुख्य देवता भिवाँलाई रोटी चढाउने दिन अर्थात फलाहार गर्ने दिन । दोस्रो अग्रासन दिइने दिन अर्थात चेलिबेटीका लागि तरकारी भात छुट्याइने दिन ।
अट्वारीको तयारी शनिबार सम्ममा पुरा हुनुपर्दछ । शनिबारको राति नै पहिलो भाले बास्नु भन्दा पहिले भिन्सर्या ९दर भात० खाने चलन छ ।
भोलिपल्ट आइतबारका दिन मान्सेले नुहाएर बहरी कोठामा गाइको गोबरले लिपपोत गरि रोटीको परिकार पकाउनका लागि चुलो बनाउनु पर्छ । रोटी पकाउनका लागि चोखो आगो चाहिने भएकाले गन्यारी भन्ने काठबाट आगो पारिन्छ । रोटी पकाउने बेला भान्से ब्रतालु बाहेक अरुलाई छुन मनाही हुन्छ ।

सबभन्दा पहिले एउटा मात्र ठुलो आकारको रोटी एकापत्ति मात्र पकाइन्छ र भिवाँका लागि अलग्गै राखिन्छ । पूजा गर्ने बेला सोही रोटी चुलोको आगोमा हवन गर्नुपर्छ । रोटी पकाइ सकेपछि जति जना ब्रतालुहरु हुन्छन् त्यत्तिकै भाग लगाई थप एक भाग पनि लगाइन्छ । सो भागहरुमा रोटी, फलफूल, काँक्राहरु रहेको हुन्छ । स्नान गरि सकेपछि सबभन्दा पहिले सबैले आफ्नो भागबाट छुट्टै अर्को भाँडोमा रोटी र अन्य फलफूलहरु निकालेर राख्नुपर्छ । यसैलाई अग्रासन भनिन्छ । अग्रासन छुट्याई सकेपछि सबै प्रकारका परिकारबाट अलिअलि निकाली एउटैमा मुछेर परिकार पकाएको आगोमा होम गर्दै धुप, घ्यू र जलले पर्सिनु पर्छ । सबैले यो कर्म गरि सकेपछि खानपीन शुरु हुन्छ । सो बसाईको खवाई पछि फेरि खान मिल्दैन । थप एक भागबाट घरका बालबालिकाहरु बाँड्ने गरिन्छ ।

अर्को दिन बिहान उठि सकेपछि नुहाई धुवाई गरेर बिभिन्न थरिका तरकारी र भात पकाउनु पर्छ । तरकारीहरुमा सिध्रा र सिल्टुंग, गब्डा, पवैं, तोरैं प्रमुख तरकारीको रुपमा बनाइन्छ । तरकारी कम्तिमा ३ देखि माथि बेजोड संख्यामा बनाइने गरिन्छ ।

सबै प्रकारका परिकार तयार भई सकेपछि ब्रतालुहरु गोलकार रुपमा बसेर सबैको भागमा हरेक खालको परिकार भाग लगाइन्छ । त्यसबाट सबभन्दा पहिले आफ्ना दिदीबहिनीहरुको लागि अग्रासन छुट्याइन्छ । यस पश्चात आगोमा होम गरि खाने चलन छ ।
खाइसकेपछि, आफ्ना बिहा भएका दिदीबहिनीहरुलाई अग्रासन दिन गइन्छ । यस दिन दिदीबहिनीहरु आफ्नो दाजुभाईको ब्यग्र प्रतिक्षामा हुन्छन् । दिदी भाई तथा दाई बहिनीबिच माया, ममता तथा सम्बन्ध एकदमै प्रगाढ भएर आउँछ । अग्रासनलाई दिदीबहिनीहरुले अत्यन्त महत्वका साथ लिने गर्दछन् । दाइभाइहरुको दिदीबहिनी प्रतिको माया दर्शाउने, अनुभूति गर्ने बिशेष अवसर नै अट्वारी हो ।

अग्रासन दिन गएका दाईभाईका लागि दिदीबहिनीहरुले मासुका बिशेष परिकारहरु बनाएका हुन्छन् । दिदीबहिनी तथा दाईभाई एकमदै प्रफुल्ल मुद्रामा हुन्छन् यस दिन । यतिबेला थारु गाउँ नै एकदमै रोमाञ्चक हुन्छ । यसरी थारु समुदायमा अट्वारी बिशेष गरेर दुई दिन सम्म मनाइने गरिन्छ ।

अट्वारी तीजसँग सरोकार राख्दैन:
दशकौं पहिले तराई बेल्ट तथा दांग उपत्यकामा थारु समुदायको मात्र बसोबास रहेको थियो । अर्थात मिश्रित बसोबास एकदमै कम थियो । त्यत्ति बेला थारु समुदायमा अट्वारीको आधार भनेको अस्टिम्की (कृष्ण जन्माष्टमी) पछि अर्थात ओजर्या (पूर्णिमा) नै हो । त्यो भनेको अस्तिम्की पछिको दोस्रो आइतबार हुन्थ्यो । अहिले सम्म त्यहि परम्परा अनुशरण हुँदै आएको छ ।

पछिल्लो समयमा अट्वारी तीज पछि हुन्छ भन्ने अर्को बहस् चलेको छ । त्यो एउटा भ्रम हो । यो भ्रम हुनु पनि स्वभाविक हो । कृष्णाजन्माष्टमी पछि भाद्र शुक्ल तृतियामा हरितालिका तीज हुने गर्दछ । यो प्राय कृष्णाजन्माष्टमी पछिको पहिलो आइतबार पछि हुन आउँछ र कहिलेकाहिं दोस्रो आइतबार पछि । समुदाय मिश्रित हुँदै मिश्रित संस्कृतिको अनुसरण गर्दै गइयो । अझ भर्नौ हिन्दुशास्त्र अन्तर्गतका चाडपर्बहरु थारुहरुमाथि हाबि हुँदै गयो । थारु महिलाहरुले पनि तीजलाई आफ्नो पर्बको रुपमा मनाउन थाले । यसले गर्दा अटवारी मनाउँदा प्राय तीज पछि पर्ने हुँदा तीज पछि मनाइन्छ कि भन्ने हुन गयो । तर त्यो यथार्थ होइन । पहिले पहिले थारु समुदायमा पहाडी समुदायको बसोबास नहुने भएकाले तीजसँग कुनै सरोकार थिएन । तीज पछि मनाउनु पर्छ भन्ने नै थिएन । तर सत्य के हो भने कृष्णाजन्माष्टमी पछिको दोस्रो आइतबार शुक्ल पक्षमा मनाइने गरिन्छ ।

किन अट्वारी थारुका लागि मात्र रह्यो ?
आदिबासी भूमिपुत्र थारुको बिशेष पर्ब भएता पनि यो पर्ब राष्ट्रिय पर्ब हुन सकेन । यो पर्बका लागि सरकारले राष्ट्रिय बिदा दिन सम्म उचित ठानेन । यसले थारु समुदायलाई राज्यप्रतिको गुनासो बढाएको छ । अर्को शब्दमा भन्ने हो भने राज्यसँग आफ्नो अधिकारका लागि लडाई गर्नु परेको छ । यो पनि एउटा पहिचान सहित अधिकारको लडाई हो ।

यता राज्यले आइतबार र सोमबार बिदा नदिने भएकाले कुनै एकदिन वा दुबै दिन बिदा लिनुपर्ने बाध्यता हुन्छ । कुनै कार्यालय या संस्थाबाट पर्बका लागि बिदा लिनु पर्ने जस्तो अर्को पीडा के हुन सक्छ ररु यो राज्यको थारुहरुमात्र गरिएको निकृष्ट बिभेद हो । कम्तिमा एक दिन बिदा दिनुपर्छ । ताकि उनीहरुले स्वतन्त्रतापुर्बक आफ्ना दिदीबहिनीहरुसँग माया साट्न पाउन् । आफ्नो सौहार्द सम्बन्ध र ममता बाँड्न पाउन् । यसबाट समेत राज्यले बञ्चित गर्दै छ । के यो बिभेद होइनरु के यो राज्यले गरेको अन्याय र दमन होइन रु
हिन्दुहरुका लागि रक्षाबन्धन, हरितालिका तीज, ऋषि पञ्चमी, नाग पञ्चमी, इश्लामका लागि इद, बक्रा इद, क्रिश्चियनहरुका लागि क्रिश्मसका लागि बिदा दिन सक्ने सरकार आफ्नै देशका नागरिक थारुहरुलाई किन दोस्रो दर्जामा राख्यो रु अब हामीले राज्यसँग के आशा गर्ने रु हामीले जहिले मात्र परिश्रम र त्याग मात्र दिने हो र रु हामी जहिले मात्र कमैया र दास बनी रहने हो रु या भनौं हामी सधैं कृषियन्त्र बनी रहने हो रु
अट्वारीका लागि सरकारी बिदा नपाइने भएकाले कतिपयहरु अट्वारी मनाउन पनि छाडी सके । अथवा भनौं उनीहरु बञ्चित हुँदै बिर्सन थाले । यसकारणले यो पर्बको महत्व घट्दै गयो र मिडियामा समेत आएन । यसले गर्दा यो पर्ब पनि हुन्छ र भन्ने प्रश्न पनि नउठ्ला भन्न सकिन्न । अनि कसरी अन्य समुदायले थाहा पाउन् रु जब अरुले थाहा नै पाउँदैन या आफ्नै समुदायले मनाउन पाउँदैन भने यसको महत्व स्वाभाविकरुपमा कम हुँदै लोप हुन पुग्छ ।

प्रतिक्रिया दिनुहोस्: