वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बर्दिया निकुञ्ज घुम्न आउने पर्यटक बढ्दै; डेढ महिनामा ७ लाख बढी राजश्व संकलन

        बर्दिया अनलाईन   |   प्रकाशित मितिः मङ्लबार, भदौ १३, २०७४     ::: 465 पटक पढिएको   |  

ठाकुरद्वारा, बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । निकुञ्ज घुम्नका लागि वाह्य सँगै आन्तरिक पर्यटक पनि वर्षेनी बढ्दै गएको निकुञ्जले जनाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ को साउन महिनादेखि हालसम्ममा बर्दिया राष्ट्रिय निकुञ्जमा ३ सय ८९ पर्यटक भित्रिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष सुरु भएको एक महिना ११ दिन सम्ममा २ सय ५७ आन्तरिक पर्यटक तथा सार्क मुलुक सहितका बिदेशी पर्यटक १ सय ३२ गरी ३ सय ८९ जना पर्यटक बर्दिया निकुञ्जमा भित्रिएका छन ।
निकुञ्जमा पर्यटक बढे सँगै राजश्वमा पनि बृद्धि हुँदै गएको निकुञ्जले जनाएको छ । अहिले सम्ममा निकुञ्ज भित्रिएका पर्यटकबाट ७ लाख २५ हजार ५ सय ४ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।
निकुन्जका निमीत्त प्रमुख संरक्षण अधिकृत रमेश थापाका अनुसार यस आर्थिक वर्षको सुरु देखि नै आन्तरिक तथा वाह्य पर्यटकहरु निकुञ्ज अवलोकन भ्रमणमा आउने क्रम बढेका छन् ।
निकुञ्जका अनुसार पछिल्ला वर्षहरुका बर्दिया निकुञ्जमा बाघ, गैँडा, हात्ती लगाएतका वन्यजन्तुको संख्या बढ्दै गएपछि पर्यटकहरु पनि आर्कषित भएका हुन ।
नेपालमा बाघ पाईने दोश्रो ठूलो निकुञ्जको रुपमा प्रख्यात यस निकुञ्ज भित्र विश्वमै र्दुलभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको निकुञ्जको भनाई छ ।
हाल बर्दिया निकुञ्जमा बाघको संख्या बढेर ६२ पुगेको छ । पछिल्लो पटक वेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता विदेशमा पनि बर्दिया निकुञ्जले विशेष चर्चा पाएको संरक्षणकर्मीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: