वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

जिसस बर्दियामा एमाले-माओबादी केन्द्र संयुक्त समुह विजयी

        बर्दिया अनलाईन   |   प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     ::: 624 पटक पढिएको   |  

गुलरिया, बर्दिया ।
जिल्ला समन्वय समिति बर्दियाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को संयुक्त समूहबाट प्रमुखमा शंकर थारु विजयी हुनु भएको छ ।
नेकपा एमालेका तर्फबाट उपाध्यक्षमा मानबहादुर विष्ट तथा सदस्यमा शान्ति थारु, रामसुमीरण यादव र धनबहादुर सुनार एवं माओवादी केन्द्रबाट शान्ति थारु, कल्पना थारु, सूर्यबहादुर सुनार र भक्तिराम अधिकारी १२–१२ मत प्राप्त गरी विजयी विजयी हुनु भएको छ ।
नवनिर्वाचित प्रमुख, उपप्रमुख र सदस्यलाई मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पौडेलले शपथ गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्