वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बर्दियाका बाढी प्रभावितलाई राहत सामग्री बितरण

        बर्दिया अनलाईन   |   प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     ::: 285 पटक पढिएको   |  

गुलरिया, बर्दिया।
बर्दिया बारबर्दिया नगरपालिका वडा नम्बर ३ का बाढी प्रभावित ३ सय घर परिवारलाई आज राहत बितरण गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समिति बर्दिया समन्वय र ड्यान चर्च एड (डि.सि.ए) को आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्र बर्दियाद्धारा राहत सामग्री बितरण गरिएको हो । बितरित राहत सामग्रीमा जम्मा २३ लाख ४४हजार रुपैयाँको रहेको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले बताउनु भयो । सो समाग्री प्रति घर परिवार गैरखाद्य सामग्री ५ हजार ४ सय ४५ रुपैया र खाद्य सामग्री, २ हजार ३ सय ७१ रुपैया ५० पैसा गरी जम्मा ७ हजार ८ सय १६ रुपैयाँ ५० पैसा बराबरको रहेको छ ।
बितरण गरिएको सामानहरुमा खाद्य सामग्री प्रति परिवार(चामल ३० कि.ग्रा., दाल साढे ४ कि.ग्रा., खानेतेल ढाई लिटर, चिनि दुई कि.ग्रा., नुन १ कि.ग्रा. बितरण गरिएको छ । यसैगरी सरसफाई (हाईजिनिक किट)सामग्रीमा बाल्टी २ थान, जग, टर्च लाईट, झोला, झुल, त्रिपाल १÷१ थान रहेको छ । साथै साबुन १६ थान, तौँलीया २ थान, स्यानीतरी प्याट दुई थान, महिलाको भित्री बस्त्र सानो ठूलो गरी ४ थान र मञ्जन २ थान रहेको छ । राहत सामग्री आफुले पाएपछि खुसि ब्यक्त गर्दै पदमा सार्कीले, बाढीले पुरै घर भिजाएको थियो । खानेकुरा बगाएको थियो । अब यो राहत पाएपछि त्रिपाल बिछ्याउन, चामल दाल, तेल खानलाई भयो । यति सामन दिनु भएको छ, केही राहत भएको छ । यस्तै अर्का बाढीपीडित डेरु थारुले पनि राहत पाएर, छाँक टार्न सहज भएको बताउनु भयो । थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले जिल्ला दैवीप्रकोप उद्धार समितिसंग सामान्वय गरेर बाढीबाट धेरै जनसंख्या प्रभाबित क्षेत्रमा स्थानीय तहका संयन्त्र र बरघरहरुको सल्लाह अनुसार कोही पनि पीडितले नछुट्ने गरी राहत बितरण गरिरहेको बताउनु भयो । आफ्नो संस्थाले पादर्शि र बिश्वस्नीय तरिकाले राहत बितरण गरिरहेकोले राहत लिन आउने पीडित खुसिका साथ लिराख्नु भएको बताउनु भयो । साथै सरसफाई सम्बन्धी घरदैलो गर्ने कार्यक्रम पनि रहेको बताउनु भयो ।

यसैगरी गुलरिया नगरपालिका वडा नम्बर १२ मा पनि बाढी प्रभाबितहरुलाई प्लान ईन्टरनेष्नलले राहत बितरण गरेको छ । वडा नम्बर १२ मा रहेको टाँडुवा, बिक्रि र भैसाही गाँउका २ सय ६६ घर परिवारलाई खाद्य तथा गैरखाद्य सामग्री गरि ११ हजार रुपैया बराबरको जम्मा २९ लाख २५ हजार रुपैया बराबरको सामग्री बितरण गरिएको कुरा प्लान ईन्टरनेष्नलका प्रतिनिधि राधेश्याम चौधरीले जानकारी गराउनु भयो ।

टीकाराम चौधरी

प्रतिक्रिया दिनुहोस्