वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

युवाहरुद्वारा बाढीपीडितलाई सहयोग

        रबिन्द्र प्रताप गुप्ता   |   प्रकाशित मितिः बिहिबार, भदौ ८, २०७४     ::: 403 पटक पढिएको   |  

भैरहवा ।
भैरहवाका युवा सामाजिक संजाल प्रायोगकर्ताहरुको समुह “युथ अफ भैरहवा” द्वारा नवलपरासीका बाढीपीडितहरुलाई राहत वितरण गरिएको छ ।
नवलपरासीको सुस्ता गाउँपालिका वडा नंं. २ कालीटोलाका २० घरपरिवार र प्रतापुर गाउँपालिका वडा नं. ९ बर्दघाटका ८० घरपरिवार गरी कुल १ सय घरपरिवारका लागी १ लाख ४० हजार रुपैया बराबरको राहत सामाग्री उक्त संस्थाले वितरण गरेको हो ।
एक हप्ता अघिबाट भैरहवामा बाढीपीडितका लागी राहत संकलन अभियान सञ्चालन गरी भैरहवाका युवा सामाजिक सजाल प्रयोगकर्तामा आबद्ध दारी ग्याङ भैरहवा, सिस्टरहुड नेपाल र WRR जस्ता सामाजिक संघ सस्थाको सक्रियतामा संकलन गरिएको १ लाख ४० हजार रुपैँयाबाट बल्याङकेट, खाधान्न सामाग्री, औषधी तथा लत्ताकपडा खरीद गरी बाढी पीडितका लागी वितरण गरिएको राहत वितरणमा सहभागी संयोजक प्रतिक खड्काले जानकारी दिए ।
राहत बितरण अगावै गरिएको एक औपचारिक कार्यक्रममा बोल्दै राहत संकलन कार्यमा होटल डेइजीपार्कका संयोजक हिरा कार्की र नारायण कुंवरले सहयोग गरेकोमा दारी ग्याङ भैरहवाका संयोजक सरोज सुनुवारले धन्यबाद प्रकट गरे । त्यस्तै राहत वितरण कार्यमा नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना सँग समन्वय गरिएको नवरङ्ग युवा कल्वका कोषाध्यक्ष वाई पि आचार्य (सुशान्त)ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्