वि.सं.   शनिबार, कार्तिक ४, २०७४   तदनुसार  21 October 2017

लुम्बिनी ईट्टा संघद्वारा बाढीपीडितलाई सहयोग

        रबिन्द्र प्रताप गुप्ता   |   प्रकाशित मितिः बिहिबार, भदौ ८, २०७४     ::: 232 पटक पढिएको   |  


भैरहवा ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले तराईका जिल्लाहरुमा आएको बाढीबाट प्रभावितहरुका लागि राहत प्रदान गरेको छ । संघका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष डोलराज शर्मा, सचिव अजय कुमार गुप्ता लगायत पदाधिकारीले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा जम्मा हुने गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीलाई १ लाख ११ हजार १ सय १ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।
सो अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मैनालीले प्राकृतिक विपत्ति बाढीको प्रकोपबाट प्रभावितहरुलाई राहत र पुर्नस्थापना गर्न सबैको सहयोगको खाँचो रहेकोे उल्लेख गर्दै संघको सहयोगको प्रशंसा गरे । त्यस्तै लुम्बिनी ईट्टा उद्योग संघ रुपन्देहीका सचिव अजय कुमार गुप्ताले बाढीपीडितलाई थोरै भए पनि राहत पुगोस भन्ने उद्धेश्यले सहयोग गरिएको बताए । साथै संघले प्राकृतिक प्रकोप बाढीबाट ज्यान गुमाएका मृतकप्रति शोक समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्