वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बबईमा भिषण बाढी; घरको भित्ता भात्किँदा बर्दियामा १ को मृत्‍यु

        भावुक योगी   |   प्रकाशित मितिः आइतवार, साउन २९, २०७४     ::: 1917 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया।
बर्दियाको बबई नदीको चेपाङमा पानीको सतह बढेर १० मिटर पुगेको छ । बबई नदीमा आएको बाढीले खतराको सतह पार गरेको हो ।
६ दशमलव १ मिटर भएमा खतरा मानिनेमा अहिले १० मिटर पुगेकाले बबई नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा सर्न प्रमुख जिल्ला अधिकारी विष्णबहादुर थापाले आग्रह गर्नु भएको छ । बबई नदीको चेपाङबाट अबको ३ देखि ६ घण्टामा मानव बस्तीमा बाढी पुग्ने आँकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
बाढीले ठाकुरबाबा नगरपालिका बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र सदरमुकाम गुलरिया नगरपालिकाका विभिन्न बस्ती डुबानमा पर्ने जोखिम छ ।
शनिबार रातिदेखिको झरीले घरको भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका–२ सत्ताघरुवाकी ७० वर्षिया साउनी थारुको ज्यान गएको प्रहरीले जनाएको छ । यो सँगै बर्दियामा वर्षा र बाढीका कारण ज्यान जानेहरुको संख्या २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्