वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

मध्य तथा पश्चिमी क्षेत्रमा आज ठुलो पानी पर्ने: मौसमविद

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, साउन २९, २०७४ ।    

बर्दिया । देशको मध्य तथा पश्चिमी क्षेत्रका धेरै ठाउँमा आइतबार ठुलो पानी पर्ने मौसमविदले बताएका छन् । पूर्वी क्षेत्रमा भने अघिल्ला केही दिनको तुलनामा केही भन्दा कम पानी पर्ने अनुमान छ ।
पूर्वी नेपालमा ठूलो पानी पारेको मनसुनी न्यूनचापीय रेखा अहिले पूर्वबाट दक्षिणतिर सरिरेहकाले आइतबार मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणालीको असरले सोमबार बिहानसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।
अहिले देशभरि नै पानी पारिरहेको यो प्रणाली सोमबारसम्ममा नेपालबाट बाहिरिने भएकाले सोमबार दिउँसोदेखि भने कम पानी पर्नेछ । तर झरी भने नरोकिने मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: