वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

परिक्षा दिन ५५ कि.मी. टाढा जान बाध्य छन् बबई-चेपाङ्गका विद्यार्थी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, कार्तिक १८, २०७५ ।    

चेपाङ्ग मै परीक्षा केन्द्र राख्न स्थानीय सरकारसँग विद्यार्थीको माग

बासँसगढी, बर्दिया।
बर्दियाको बाँसगढी नगरपालिका वडा नं १ बबई चेपाङ्गका विद्यार्थीहरु बिगत १० वर्षदेखि एसईई परीक्षा दिन ५५ किलोमिटर टाढाको विद्यालयमा जान बाध्य छन् । वषौँदेखिको यो सास्तीले परीक्षाको नतिजा मै असर पर्ने गरेको भन्दै लक्ष्मी माद्यमिक विद्यालय चेपाङका विद्यार्थीहरुले यस पटकदेखि चेपाङ्ग मै परीक्षा केन्द्र राख्न स्थानीय सरकारसँग माग गरेका छन्।
जिल्लाकै पिछडिएको चेपाङका बालबालिकालाई ५५ किलोमिटर टाढा पर्ने बासगढीको नेपाल राष्ट्रिय मद्यामिक विद्यालय जानुपर्ने बध्यता छ । नयाँ परिवेशमा जानु पर्ने र आफुहरु लाई घुलमिल हुनै समय लाग्ने गरेको तथा कतिपय साथीहरु झगडामा समेत पर्ने गरेको विद्यार्थीहरुको गुनासो छ । विद्यार्थीहरुलाई खाने, बस्ने तथा कोठा भाडाको लागि आर्थिक समस्याका करण विद्यार्थीहरुमा मानसिक, शैक्षिक तनाव उत्पन्न हुँदा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन नसकेको लक्ष्मी मा बिका प्रधानाध्यापक धिरेन्द्र कुमार सिन्हाले बताए ।
शिक्षा बिकास तथा समन्वय ईकाई गुलरियाले भौगोलिक रुपमा पिछडिएका लक्ष्मी मा बि चेपाङका विद्यार्थीहरुको समस्या सुनुवाई नगर्दा विद्यार्थी मर्कामा परेका हुन । यता स्थानिय तहले परिक्षा केन्द्रको निती बनाएर यसै वर्षले समस्या समाधान गरिने आश्वासन दिएको छ । सुरक्षा, भौतिक पुर्वाधार लगायतका हिसाबले सुरक्षित रहेकाले यो वर्षदेखी एसईईको परिक्षा केन्द्र चेपाङ राख्ने व्यवस्था गर्न आफुहरु लागि परेको बाँसगढी नगरपालिकाका नगरप्रमुख सालिकराम अधिकारीले जानकारी दिए ।
झन्डै ६५० जना विद्यार्थी अध्ययनरत रहेको यो विद्यालयका विद्यार्थी, अभिभावक र समग्र विद्यालयको समस्यामा अझै पनि स्थानिय तहको शैक्षिक नजर पुग्न सकेको देखिदैन । करिब ५०० घरपरिवारका बालबालिकाले पढ्ने चेपाङको एकमात्र यो विद्यालयको गुणस्तर उकास्न नगर शिक्षा समितीले ध्यान पुर्‍याउनु जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: