वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

संगिनीको बिचमा नाँच्नलाई आईन् दिपिका अधिकारी रातो सारी लरक्कै पारेर…(भिडियो सहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मितिः आइतवार, साउन १५, २०७४     ::: 429 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अबसरमा दिपिका अधिकारीको दोश्रो तीजको कोशेली “संगिनीको बिचमा…” बोलको गीत बजारमा आएको छ ।
हरिबाबु खत्रीको शब्द र धनु सिंह ठकुरीको लय रचना रहेको छ भने संगीतकार तथा गायक डोलाराज बारघरे मगरको संगीत संयोजन रहेको अत्यन्तै मौलिक यो गीतमा गायिका दिपिका अधिकारी र राम लामाको सुमधुर स्वर छ ।
साथीसंगी जम्मा भई तीजमा नाचेर रमाइलो गर्ने प्रसंगलाई समेटेर बनाईएको यो गीतको भिडियोमा महेश महराको छायांकन तथा अर्जुन खडकाको सम्पादन छ भने भिडियोलाई दीपक अधिकारीले निर्देशन गरेका हुन । निर्देशक एबम मोडेल दीपक अधिकारी र रजनी थापाको सुन्दर नृत्य र अभिनय रहेको यो म्युजिक भिडियोलाई म्युजिक स्टोर नेपाल प्रा ली ले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्