वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बर्दियाका १० सहकारी संस्था खारेज

        छापाबाट   |   प्रकाशित मितिः शनिबार, साउन १४, २०७४     ::: 2219 पटक पढिएको   |  

गुलरिया, बर्दिया।
निस्किृय अवस्थामा रहेका बर्दियाका १० वटा सहकारी संस्थाहरु खारेजीमा परेका छन । डिभिजन सहकारी कार्यालय बर्दियामा आवद्ध भई दुई आर्थिक बर्ष देखि निस्कृय अवस्थामा रहेका विभिन्न सहकारी संस्थाहरु खारेजीमा परेका हुन ।
खारेजीमा परेका सहकारीहरुले आर्थिक कारोवारको बार्षिक प्रगती विवरण, बार्षिक लेखापरीक्षण प्रतिवेदन र साधारण सभाको निर्णय नियमित रुपमा कार्यालयमा पेश नगर्ने गरेकोले सहकारी संघ संस्थालाई खारेजी गरिएको डिभिजन सहकारी कार्यालय बर्दियाले जनाएको छ । लक्ष्मण ढुंगानाले लेख्नुभएको यो खबर हामीले कारोबारबाट लिएका हौँ।
सहकारी ऐन २०४८ र सहकारी दर्ता, सञ्चालन, लेखापरीक्षण तथा नियमन सम्वन्धी मापदण्ड २०६८ मा सहकारी संघ संस्थाले तोकिएको समयभित्र रजिष्ट्रार समक्ष आवश्यक विवरण पेश गर्नुपर्ने प्रावधान छ ।
तर बार्षिक प्रगती विवरण, बार्षिक लेखा परीक्षण प्रतिवेदन र साधारण सभाको निर्णयका साथै आवश्यक विवरण नबुझाउने सहकारीहरुलाई डीभिजन कार्यालयले संस्था खारेजीको ३५ दिने सूचना प्रकाशित गरी सम्पर्कका लागी पत्राचार तथा सार्वजनिक सुचना जारी गरेको थियो ।
सूचना जारि भएपछि पनी विवरण उपलब्ध नगराई सम्पर्क विहिन अवस्थामा रहेका १० सहकारी संस्थालाई खारेज गरिएको कार्यालयले जनाएको छ ।
खारेजी भएका सहकारी संस्थाहरुमा कृषि सहकारी ७ वटा रहेका छन भने वचत तथा ऋण, उपभोक्ता र दुग्ध उत्पादक १÷१ वटा गरी १० वटा सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्