वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

सरकारमा बर्दियाबाट ३ जना मन्त्री: बर्दियाली जनतामा विकासको आशा

        बअ सम्बाददाता   |   प्रकाशित मितिः बुधबार, साउन ११, २०७४     ::: 9696 पटक पढिएको   |  

ठाकुरबाबा,बर्दिया ।
शेर बहादुर देउबा सरकारमा बर्दियाबाट एकै पटक तीन जना सभासदहरुले मन्त्रीको शपथ लिएका छन ।
बुधवार विस्तारित मन्त्री परिषदमा फरक फरक पार्टिको सिफारिसमा बर्दियाको प्रतिनिधित्व गर्ने तीन सभासदहरुले मन्त्री पदको जिम्मेवारी लिएका हुन ।
यसरी मन्त्रीको जिम्मेवारी लिनुहुनेहरुमा नेपाली काङ्रेसको सिफारिसमा सञ्जय गौतम, माओबादीबाट सन्त चौधरी र फोरम लोकतान्त्रिकबाट गोपाल दहित हुनुहुन्छ ।
गोपाल दहितले भुमिसुधार मन्त्रालय, सञ्जय गौतमले सिँचाइ मन्त्रालय, सन्त चौधरीले पशुपन्छी मन्त्रालय सम्हाल्नुहुनेछ ।
गौतम र चौधरी पहिलो पटक मन्त्री बन्नुभएको हो भने दहित यसभन्दा अघी पनि मन्त्री बनिसक्नुभएको छ ।
बर्दियाको प्रतिनिधित्व गर्ने तीन जना सभासदहरु एकै पटक देशको मन्त्री बनेको खबर आएसँगै बर्दियाली जनताहरुमा खुशी छाउनुका साथै जिल्लाको बिकास निर्माणले तिब्र रुप लिनेमा आशाबादी भएका छन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएको ५० दिनपछि थप १९ जनालाई बुधबार मन्त्रीहरु नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो । १९ जना थपिएसँगै मन्त्रीपरिषद २७ सदस्यीय भएको छ ।

*बर्दिया अनलाईन उहाँहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्