वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

नेपालगन्जस्थित केएल दुगडको गोदाममा भिषण आगलागी

        भगतराम थारु   |   प्रकाशित मितिः शनिबार, साउन ७, २०७४     ::: 1352 पटक पढिएको   |  

नेपालगन्ज, बाके।
नेपालगन्जको कारकादौंस्थित एक उद्योगको गोदाममा भिषण आगलागी भएको छ । केएल दुगड ग्रुपको कारकादौं भुजईगाउँस्थित गोदाममा आगलागी भएको छ । गोदाममा धान, गहुँ, घिउ र तेल भण्डारण गरिएको उद्योगमा कार्यरत कर्मचारीहरुले जनाएका छन् ।

दमकलको सहयोगमा अहिले आगो निभाउने कार्य चलिरहेको छ । दुईवटा दमकलको सहयोगमा आगो निभाउने कार्य मुश्किल परिरहेको छ । दमकलको पानी सकिएपछि पानी भर्न अन्यत्र गएका छन् । आगलागी नियन्त्रणका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन् । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाई छ ।

केएल दुगड ग्रुपका जेनेरल म्यानेजर प्रदिप कुमार छाजेडका अनुसार ३५ हजार मेत्रिक टन क्षमता भएको गोदाममा आगलागी भएको हो। आगलागी भएको गोदाममा के कति क्षति भएको वारे अनुमान गर्न सकिएको छैन जेनेरल म्यानेजर छाजेडले बताउनुभयो । करिव ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्