वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

मधुवन नगरपालिकाको मझेरा टापुमा अतिक्रमित २५ हेक्टरमा २७ हजार बिरुवा वृक्षारोपण

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, साउन ५, २०७४ ।    

मधुवन, बर्दिया ।
बर्दियाको मधुवन नगरपालिका मझेरा टापुको पापिपुरुवा नजिको स्थानमा अतिक्रमण हटाई ब्यवस्थापन कार्यक्रमण अन्र्तगत खनजोत गरिएको रास्ट्रिय वन क्षेत्रको झण्डै २५ हेक्टर क्षेत्रफलमा तारवार सहित २७ हजार बिरुवा बृक्षरोपण गरिएको छ ।
अतिक्रकण क्षेत्र हटाई वन व्यवस्थापन कार्यक्रम तर्फबाट खनजोत गरी छाडिएर क्षेत्रमा वनको पुनस्थापना गरि वन्यजन्तु ओहोर दोहोर गर्ने मार्ग खाता जैविक मार्गको समृद्धिमा सहयोग पुर्याउने उदेश्यले अतिक्रमीत क्षेत्र हटाएर वृक्षारोपण गरीएको मधुबनबाट हाम्रा सहकर्मी हरि गुरुङले जनाएका छन् ।
वृक्षारोपण कार्यक्रममा जिल्ला वन कार्यलय बर्दिया, सहायक वन अधिकृत दोर्णराज शर्मा, सहायक वन अधिकृत लल्लन राउत, सहायक वन अधिकृत रमिता बराल, रेन्जर सगुन थापा र स्थानिय सामुदायिक वनका उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: