वि.सं.   मङ्लबार, मंसिर ५, २०७४   तदनुसार  21 November 2017

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया सुनसान, कार्यालय प्रमुखसंगको खटपटले संरक्षणकर्मी मर्कामा

        भावुक योगी   |   प्रकाशित मितिः मङ्लबार, साउन ३, २०७४     ::: 496 पटक पढिएको   |  

ठाकुरबाबा,बर्दिया ।
दुई बर्ष अघि सम्म संरक्षण सम्बन्धि बिभिन्न कृयाकलापमा संलग्न उपभोक्ताहरु खचाखच हुने राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) बर्दिया संरक्षण कार्यक्रमको ठाकुरद्धारा बेतनी स्थित कार्यालय बिगत ६ महिना यता सुनसान हुँदै गएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) कार्यालयका प्रमुख अम्बिका प्रसाद खतिवडा र स्थानीय समुदाय बिचको खटपटका कारण उपभोक्ताहरु आउन छाडेपछि कार्यालय सुनसान हुँदै गएको हो ।
स्थानीय चोरीसिकार नियन्त्रण युवा परिचालन अभियानका पदाधिकारीहरुले चोरीसिकार नियन्त्रण शिर्षकमा प्राप्त हुने रकम पारदर्शी गर्न माग गरेपछि सुरु भएको खटपट अझै सुल्झिन सकेको छैन ।

कोषको कार्यालयमा प्राप्त हुने सबै रकम रितपुर्वक खर्च भएको, कार्यालयको अनुसासन र गोपनियताका कारण सम्पुर्ण हिसाब सार्वजनिक गर्न नसकिने, महालेखा परिक्षक समेतबाट लेखा परिक्षण भईसकेकाले शंका गर्न नमिल्ने भनि कार्यालय प्रमुख खतिवडाको प्रतिकृयाका कारण समस्या बढेको हो ।
बिगत ६ महिना देखि कार्यालय प्रमुख खतिवडा कार्यालयको गाडि लिएर काठमाण्डौ तिर बस्न थालेपछि कर्मचारी र कार्यालय प्रमुख बिच पनि द्धन्द्ध बढेको छ । कार्यालयका प्रमुख अम्बिका खतिवडाका कारण कोषको गरिमा र स्थानीय संरक्षणकर्मी समुदायसंगको सम्बन्ध समेत ध्वस्त भएकाले निजलाई हटाई अर्को कार्यालय प्रमुख खटाइदिन कार्यालयका सबै कर्मचारीले कोषका सदस्य सचिवलाई संयुक्त निबेदन पेश गरेपछि कार्यालय प्रमुखले कार्यालय छाडेर हिँडेको भन्ने बुझिएको छ ।
यसैबिच केहीदिन अघि बाँकेको कोहलपुरमा मासिक ३० हजारमा एउटा बँगला भाडामा लिएको चर्चा संगै कार्यालय प्रमुख खतिखडा गए राती नै बर्दिया छोडेर कोहलपुर स्थित बंगालामा सरेको बुझिएको छ । राती नै गाडी, चालक र लेखापाल सहित हिँडेका खतिवडा कोहलपुरमा छुट्टै कार्यालय खोलेर बस्ने मनस्थितिमा रहेको बुझिएको छ । कार्यालयका प्रमुखसंग यस विषयमा थप बुझ्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेको छैन ।
बर्दियामा ब्याप्त हात्ती समस्या समाधानका लागि कुनै सहयोग नगरेको, युएस फिस एण्ड वाइल्ड लाईफ सर्भिसबाट हात्ती नियन्त्रण र हात्ती पिडितका लागि प्राप्त ५० लाख दुरुपयोग गरेको भनि मध्यवर्ति क्षेत्रका उपभोक्ताले वन मन्त्री लगायत कोषका सदस्य सचिव र अन्य पदाधिकारीलाई भेटेर यहि वैशाखमा ज्ञापन पत्र दिएपनि कुनै कारबाही नभएको स्थानीय वासिन्दाको गुनासो छ ।
केही महिना अघि संरक्षणकर्मी युवाले संरक्षणमा आएको रकम पारदर्शि नभएको भन्दै (एनटिएनसी) कार्यालयमा तालाबन्दि भएको थियो । विभिन्न सहमतीमा झण्डै तिन सातापछी ताला खुलेको थियो । (एनटिएनसी) र स्थानिय संरक्षणकर्मी बिच अझैँ सुमधुर सम्बन्ध हुन सकेको छैन नी किन हो ? आईतवार वेलुका कार्यालयका प्रमुख खतिवडा संग राखेको प्रश्नमा हैन त्यस्तो होईन, सम्बन्ध राम्रै छ, केही महिना अघि अलिकति त्यस्तै भएको थियो, अबका दिनमा ठिक होला उहाँले भन्नुभयो ।
मानव हात्ती द्धन्द्ध न्युनिकरण सम्बन्धि आएको कार्यक्रमबाट कती राहत रकम बाँडीयो, कहाँ कती खर्च भयो, हात्तीबाट मारीएका परीवारका एकल महिलालाई घरैमा गएर राहत स्वरुप मासीक १५ सय रकम दिईन्थ्यो यसपटक झण्डै ६ महिना भयो नबाँडीएको जनगुनासो छ, बन्यजन्तु पिडीतका छोराछोरीलाई यसअघि छात्रवृत्ति दिईन्थ्यो, यसपटक दिईएको छैन लगायत संरक्षणकर्मीका जनगुनासोका बारेमा आईतवार (एनटिएनसी) का प्रमुख खतिवडा संग बुझ्न खोज्दा प्रश्ट रुपमा बताउनु सक्नु भएन ।
बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको (एनटिएनसी) कार्यालयले संरक्षण सम्बन्धि कार्यक्रम संचालन गर्दै उपभोक्ताहरुलाई संरक्षणमा लागिरहन प्रेरणा दिने, विभिन्न आयआर्जन मुलक कार्यक्रम दिएर प्रोत्साहन गर्ने, मानव र वन्यजन्तु बिचको द्धन्द्ध न्युनिकरण गर्दै मध्यवर्ति क्षेत्रका वासीन्दाहरुलाई संरक्षणमा लाग्न अभिप्रेरित गराउँदै आएकोमा पछिल्लो ६ महिना यता त्यस्ता कुनैपनि गतिबिधी गरेको पाईएको छैन ।

प्रतिक्रिया दिनुहोस्: