वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

निर्वाचन कार्यालयमा नाम लेखाउनेको भीड : के तपाईंले आफ्नो नाम दर्ता गर्नुभयो त ?

        बअ सम्बाददाता   |   प्रकाशित मितिः मङ्लबार, साउन ३, २०७४     ::: 600 पटक पढिएको   |  

ठाकुरबाबा,बर्दिया।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछि फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको गुलरियामा भीड लागेको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन आएका हुन । आयोगले छुट मतदाताहरूलाई फोटोसहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्म समय दिएको छ ।

आयोगले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न आग्रह गरेको छ । बर्दियाकोे हकमा जिल्ला निर्बाचन कार्यालय गुलरियामा नामावली संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

बर्दियामा आईतबार र सोमबार गरि करिब २५० भन्दा बढी व्यक्तिले नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । साउन १५ सम्ममा जिल्ला निर्वाचन कार्यालय गुलरियामा आएर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सकिने कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । त्यसका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । नामावली अद्यावधिकले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ । १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता पाउने छन् ।

आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन ? यहाँ क्लिक गरेर फोटोसहित हेर्नुहोस् |

प्रतिक्रिया दिनुहोस्: