वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

गायिका अनिता चलाउनेको तीज गीत ‘फेरियो जमाना…’ बजारमा (भिडियो सहित)

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४     ::: 1659 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया।
फेरियो जमाना भन्दैमा,
छोटा छोटा लाउनै पर्छ भन्ने हुँदैन,
विदेशी गीत गाउँनै पर्छ भन्ने हुँदैन।
आमाले पकाएको दर खाएर,
आगनीमा नाचौँ तीजको गीत गाएर,
पार्टीप्यालेस धाउनै पर्छ भन्ने हुँदैन ।
आधुनिक बन्दैमा,
फेरियो जमाना भन्दैमा ।
बर्दियाली चेली लोकप्रिय गायिका अनिता चलाउनेको तीज गीत सार्वजनिक भएको छ । निकै मिठा गीतहरु बजारमा ल्याईसकेकी अनिता चलाउनेले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा “फेरियो जमाना भन्दैमा…” बोलको गीत दर्शक-श्रोतामाझ ल्याएकी हुन ।

एकनारायण भण्डारीको लय र शब्द रहेको गीतमा प्रिति आलेको अभिनय रहेको छ भने दुर्गा पौडेलको छायांकन, प्रविन भट्टको सम्पादन रहेको छ । बब्बु थापाको निर्देशनमा तयार भएको भिडियोलाई आशिष म्युजिकले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्: