वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

पूर्वाधार अभावमा एउटै कोठाबाट संयुक्त रुपमा वडा कार्यालयहरु संचालन

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः बिहिबार, असार २९, २०७४     ::: 459 पटक पढिएको   |  

ठाकुरबाबा नगरपालिकाको वडा नं. ३, ४ र ५ को संयुक्त कार्यकक्ष ।

ठाकुरबाबा, बर्दिया ।

स्थानिय तहको निर्वाचन पछी ६ नगरपालिका र २ गाउँपालिका गरी ८ तह रहेको बर्दियामा सबै तहहरुले जनप्रतिनीधिहरु पाई सकेका छन । विजयी जनप्रतिनीधिहरुले निर्वाचित भए पछी वडा कार्यलय सञ्चालन गरेर सहज सेवा सुविधा दिने सोंच गरे पनी पूर्वाधारको अभावमा एउटै कोठाबाट धेरै वडा कार्यालयहरुले संयुक्त रुपमा सेवा दिन सुरु गरेका छन ।
बर्दियाका विभिन्न स्थानियतहका वडा कार्यालयहरुले संयुक्त रुपमा सेवा दिन थालेका हुन । सेवा संचालन गर्ने क्रममा ठाकुरबाबा नगरपालिकाको वडा नं. ३, ४ र ५ ले साविक बगनाहा गा.वि.स.को कार्यालयबाट संयुक्त रुपमा एउटै कोठाबाट सेवा सुरु गरेको छ । पूर्वाधारको अभावका कारण एउटै कोठाबाट तीन वटा वडा कार्यालय सञ्चालन गरिएको हो । पूर्वाधारको अभावमा कार्यालय एकै ठाउँबाट संचालन भए पनी केही समय पछी संयुक्त रुपमा संचालित वडा कार्यालयहरु छ्ट्टाछुट्टै रुपमा संचालन गरिने वठा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले बताए । ठाकुरबाबा नगरपालिकाको कार्यालय पनी भाडा कै घरमा संचालन भई रहेको छ ।
पुर्वाधार अभावमा बर्दियाका अन्य नगरपालिका र गाउँपालिकाका वडा कार्यालयहरु पनी एउटै कोठामा सिमीत भएका छन् । संयुक्त रुपमा सेवा संचालन गरेका वडा कार्यालयहरुमा वडा अध्यक्षहरुका लागी एउटै कार्यकक्ष निर्माण गरिएको छ । जिल्लाको गुलरिया नगरपालिकाको १, २ र ३ तथा ६, ७ र ८ नं. वडा पनी निजी घरको कोठा भाडामा लिएर एउटै कोठाबाट संचालनमा आएका छन भने मधुवन नगरपालिकामा पनी चार वडा कार्यालय एकै स्थानबाट संचालनमा आएका छन । सबै वडाका सेवाग्राह्री एउटै कोठामा एकै पटक छिर्दा साँघुरो हुनुका साथै कर्मचारीहरुलाई पनी काम गर्न असहज हुने गरेको कर्मचारीहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्: