वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

बर्दियाको कुन तहमा कति स-शर्त अनुदान आउँदै ?

        बअ सम्बाददाता   |   प्रकाशित मितिः बुधबार, असार २८, २०७४     ::: 3297 पटक पढिएको   |  

ठाकुरबाबा,बर्दिया।
नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले स्थानीय तहको सशर्त अनुदान अन्तर्गत अन्तरसरकारी वित्तिय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको लागि शिक्षा, स्वास्थ्य, कृषि बिकास र पशु बिकास, मन्त्रालयका संवेदनशिल कार्यक्रम तथा कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुको तलब समेतका लागि स्थानिय तहका ७४४ वटा निकायहरुलाई सशर्त अनुदानको रुपमा रु. ७६ अर्ब ४१ करोड ४७ लाख ५८ हजार हस्तन्तरण गरेको हो ।

बर्दियाका आठ स्थानिय तहका लागि सरकारले हस्तान्तरण गरेको सशर्त अनुदान रकम हेर्ने हो भने सबैभन्दा धेरै बाह्रबर्दिया नगरपालिकामा परेको छ भने सबैभन्दा कम रकम ठाकुरबाबा नगरपालिकाका लागि छुट्ट्याईएको छ ।

बर्दियाका स्थानिय तहहरुमा विभिन्न कार्यक्रमका लागि छुट्ट्याईएको स-शर्त अनुदान रकम: (रकम रु. हजारमा)
१) गुलरिया नगरपालिकाका लागि – १५३,८३१
२) ठाकुरबाबा नगरपालिकाका लागि – ९०,६२४
३) बासगढी नगरपालिकाका लागि- १५१,०२९
४) मधुवन नगरपालिकाका लागि – १०५,४५६
५) राजापुर नगरपालिकाका लागि- ११२,१६७
६) बाह्रबर्दिया नगरपालिकाका लागि- १५३,८७३
७) गेरुवा गाउँपालिकाका लागि- १०१,४५२
८) बढैयाताल गाउँपालिकाका लागि- ११८,९८१

बर्दियाका कुन तहमा कुन कार्यक्रमका लागि कति स-शर्त अनुदान रकम छुट्टाईएको छ?
[पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्]

प्रतिक्रिया दिनुहोस्