वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

[गजल] म शत्रुहरुको पनि शत्रु बन्न कहिल्यै सकिन: नगेन्द्र थापा

          |   प्रकाशित मितिः बुधबार, असार २८, २०७४     ::: 397 पटक पढिएको   |  

-नगेन्द्र थापा

 

जून मुस्कुराउछ सुर्य अस्ताउन खोज्दा ।
मुस्कुराउछ बच्चा खेलौना बनाउन खोज्दा ।

म शत्रुहरुको पनि शत्रु बन्न कहिले सकेन,
झन मुस्कुराइ दिन्छन मैले डराउन खोज्दा ।

छन त सुन्दर फुलहरु थिए बगैचा भरि,
बिचरा भमरा रोयो मैले समाउन खोज्दा ।

पेट भित्रै पनि कति कुरा जानेर आएका,
कैयौं सिकायो बच्चाले सिकाउन खोज्दा ।

सायद उ प्रती प्यार नभए यस्तो नहुनुपर्ने,
आँसु आफ्नै खस्यो उस्लाइ रुवाउन खोज्दा ।

आठबिस नगरपालिका-१ ,दैलेख

प्रतिक्रिया दिनुहोस्