वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

तिमी जवान-म नि जवान, हाम्रो यो लर्के जवानी…

        अजय चापागाई   |   प्रकाशित मितिः बुधबार, असार २८, २०७४     ::: 625 पटक पढिएको   |  

गुलरिया,बर्दिया ।
बदियाली गायक गेमराज गिरीको अडियोबाटै चर्चा बटुल्न सफल गीत “तिमी जवान, म नि जवान” को अब भिडियो सहित आउने भएको छ । गिरीका थुप्रै गीतहरु रेकर्ड भएपनी यो उनको पहिलो म्युजिक भिडियो हो ।
“छायांकनको काम सकिएको छ, अब एडिटिङ, मिक्सिङ हुँदैछ, गीतको भिडियो राम्रो बनाउने प्रयासमा छौँ । आशा छ श्रोता दर्शकले मन पराउनुहुनेछ ।” गायक गिरीले बर्दिया अनलाईनसंगको कुराकानीमा बताए ।


“तिमी जवान, म नि जवान, हाम्रो यो लर्के जवानी
पञ्चेबाजा बजाउने आउ बनाउं कहानी …..”
यो गीतमा धनसिह गिरीको शब्द रचना, राजेन्द्र सुबेदीको संगीत र अल्मोडाको संगीत सम्योजन रहेको छ भने भिडियोमा भिमफेदी गाईज र अभिनेत्री अनु शाहको अभिनय रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: