वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

भिमा र प्रमोद यसपालिको तिजमा पनि शिवजीलाई मुद्दा हाल्ने तयारीमा

        भगतराम थारु   |   प्रकाशित मितिः मङ्लबार, असार २७, २०७४     ::: 886 पटक पढिएको   |  

नेपालगन्ज, बाँके।
गायक प्रमोद डिजि र गायिका भिमा पुनको तीज कोशेली “मुद्दा हाल्छु शिवजीलाई…” भाग-२ बोलको गित बजारमा रिलिज हुन लागेको छ । गत सालमा निकालिएको “मुद्दा हाल्छु शिवजीलाई…” बोलको गित चर्चामा आएपछि गायिका पुनले यसवर्ष भाग-२ लिएर आउन लागेको गायिका भीमा पुनले बताउनुहुन्छ । तीजको अवसर पारेर १/२ दिनभित्रै बजारमा आउने गायिका पुनले बताउनु  भयो ।

“तिमी पनि का छौ र कम?
काले काले हिरो झै हेन्सम,
तिम्लाई पाए मैले,
मुद्दा हाले शिब जी लाई,
तिम्लाई पाए मैले.. बोलको गित सर्वत्र बजारमा आउने भएको उहाँले बताउनुभयो । गायक प्रमोद डि जि र भिमा पुनको स्वरमा रहेको गितमा शब्द प्रमोद डि जि, लय, टंक तिमील्सिना र एरेन्ज केशब बडुले गर्नुभएको छ ।

पछिल्लो समयमा चर्चामा आउनुभएकी गायिका पुन बाँकेको कचनापुरमा जन्मिएर राजधानीलाई कर्मथलो बनाउदै भर्खरमात्र “क्यारम, क्यारम भो..” बोलको गीत बजारमा ल्याउनु भएको छ । गीत संगीतमा आफ्नो भविष्य सुरक्षित देखेर सानै उमेरदेखि गायनमा लाग्नुभएकी गायिका पुन पछिल्लो पुस्तालाई सुहाउने गीत बजारमा ल्याएर सफलता हासिल गर्नुभएको छ । सानैदेखि गीत संगितमा रुची राख्ने गायिका पुनले पछिल्लो समयमा चर्चित गित बजारमा ल्याईसक्नु भएको छ । बाँकेको कचनापुरबाट २०७० सालमा पढाईको सिलसिलामा नेपालगन्ज छिर्नुभएकी पुन सञ्चारकर्मीको रुपमा समेत मध्य र सुदूरपश्चिम क्षेत्रको चर्चित रेडियो उद्घोषकका रुपमा चिनिनुहुन्छ । २०७३ सालमा प्रमोद डिजी र पुनले गाएको तिज गीत “मुद्दा हाल्छु शिवजीलाई तिम्लाई पाइन भने..” भन्ने बोलको गीतले नै पुनलाई चिनाउन सफल भएको हो ।

गायिका पुनका अनुसार मेला महोत्सव र विभिन्न सांगितिक कार्यक्रममा जाने अवसर जुराउने गीत नै मुद्दा हाल्छु शिवजी नै रहेको उहाँले बताउनुहुन्छ । गायिका पुनले पीडा नै पीडा पाको छु, बाँचुञ्जेल त मेरै दिलमा, मुद्दा हाल्छु शिवजीलाई, मुद्दा हाल्छु , क्यारम क्यारम भो, बाजा बजाउने हो रेयाई रेयाई रेयाई लगायत आठवटा गीतमा स्वर दिइसक्नुभएको छ । गायिका पुनको पहिलो गीत भने “पीडा नै पीडा पाको छु भन्ने बोलको गितबाट गायन क्षेत्र शुरुवात गरेको बताउनुहुन्छ । जुन गीतमा टंक तिमिल्सिना र पुनले स्वर दिनुभएको थियो । पुनले आफ्नै स्वरमा तीज लगत्तै ३ वटा गीत रिलिज गर्न लागेको बताउनुभयो । सुरुमा यस्तो क्षेत्रमा लाग्नु हुन्न भन्ने बाबा आमा र आफन्तजनहरुले नै पछिल्लो समयमा साथ सहयोगले गीतसंगीतमा जमेको बताउनुहुन्छ । कुनैपनि क्षेत्र नराम्रो हुँदैन, राम्रो बन्ने नराम्रो बन्ने भन्ने कुरा त्यो आफूमा भर पर्छ, संघर्ष के हो र संघर्षपछिको सफलता कस्तो हुन्छ, त्यो मैले राम्रोसँग बुझेकी छु पुनले भन्नुभयो, त्यसैले आज सम्पूर्ण कार्य छोडेर गीत संगीतमा मात्र समर्पित रहेको छु उहाँले भन्नुभयो । भगवान् जस्ता मेरा दर्शक स्रोता हुनुहुन्छ उहाँहरुको माया सहयोग र सद्भावले गर्दा नै मैले सफलता पाउने हो, त्यसैले पनि म यस वर्ष समय अनुकुलका निकै राम्रा राम्रा गीतहरु बजारमा ल्याएर दर्शकमाझ आउने बताउनुभयो । गायीका पुनले भन्नुभयो म स्कुल पढ्दादेखि नै विभिन्न कार्यक्रमहरुमा स्वागत गीत गाउँने र नृत्य प्रस्तुत गर्दा गर्दै सबैले भेरो स्वरको वारेमा चर्चा गर्ने र हौसला प्रदान गर्ने भएकै कारण आज यो स्थामा पुगेको उहाँले बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्: