वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

देशैभरिका नमुना विद्यालयको सुचिमा बर्दियाका २ सामुदायिक विद्यालय

        बअ सम्बाददाता   |   प्रकाशित मितिः सोमवार, असार २६, २०७४     ::: 4681 पटक पढिएको   |  

ठाकुरबाबा,बर्दिया।
नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखा, सानोठिमी भक्तपुरले देशैभरीबाट छनौट गरेका नमुना विद्यालयहरुमा बर्दिया जिल्लाबाट २ वटा विद्यालय परेका छन ।
बर्दियाबाट नमुना विद्यालय बिकासका लागि छनौट भएका विद्यालयहरुमा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट विद्याज्योती माध्यमिक विद्यालय, बढैयाताल-८, कण्ठपुर र निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ढोढरी परेका हुन ।
देशैभरिका २४० निर्वाचन क्षेत्रहरुबाट १६७ वटा विद्यालयहरु यस कार्यक्रम अन्तरगत छनौटमा परेका छन ।

पुरा विवरण हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: