वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बर्दियाली चेली चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसीको ‘टिपिकल’ नेपाली तीजगीत “माईती घर”(भिडियो सहित)

        बअ सम्बाददाता   |   प्रकाशित मितिः आइतवार, असार २५, २०७४     ::: 1429 पटक पढिएको   |  

ठाकुरबाबा,बर्दिया ।
तीज गीतको नाममा बिभिन्न थरिका अपाच्य शब्द, दृष्यहरु भएका नामका मात्र तीज गीतहरुको भिडलाई छिचोल्दै बर्दियाली चेली चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसीले ‘टिपिकल’ नेपाली तीजको कोशेली “माईती घर” बजारमा लिएर आएकी छिन ।
पुर्णकला बिसीको आफ्नै स्वर र संगीतमा रहेको यो गीत पूर्णत: आफ्नो गाउँठाउँ परिवेशलाई चित्रण गरिएको छ । गीतको शब्द संयोजन बैकुण्ठ महतको रहेको छ भने भिडियोमा टिका जैशी र डिके को अभिनय छ । आशिष म्युजिक प्रालीको प्रस्तुती रहेको यो भिडियोमा बिक्रम चौहानको निर्देशन, बासु बरालको छायांकन र मिलन विकको सम्पादन रहेको छ ।
यो ‘टिपिकल’ तीज गीतको पुरा भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: