वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

ठाकुरबाबा नगरपालिकाका प्रमुखले गरे पहिलो निर्णय

        सुदीप अधिकारी   |   प्रकाशित मितिः शनिबार, असार २४, २०७४     ::: 3082 पटक पढिएको   |  

ठाकुरबाबा,बर्दिया।
ठाकुरबाबा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययन गरेर एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राले अब छात्रवृती पाउने भएका छन् । ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख घननारायण श्रेष्ठले पदभार ग्रहण गरे लगत्तै उत्कृष्ट छात्रछात्रालाई छात्रवृती दिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
ठाकुरबाबा नगरपालिकामा रहेका सामुदायिक विद्यालय मध्येबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने १ जना छात्र र १ जना छात्रालाई प्रोत्साहनस्वरुप छात्रवृती दिने निर्णय भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
छात्रवृती प्रदान गर्ने कार्यक्रम नयाँ नभई नगरपालिकाको कार्य योजनामा भित्रै रहको ठाकुरबाबा नगरपालिकाका कार्यकारी अधिकृत शुरेस सुनारले बताउनुभयो । ‘यो नयाँ कार्यक्रम होइन । नगरपालिकाको वार्षिक योजनामा थियो । नगरप्रमुखले निर्णयमा हस्ताक्षर गरेपछि यो कार्यन्वयनको प्रकृयामा लगेका छौ,’ कार्यकारी अधिकृत सुनारले भन्नुभयो  ।

प्रतिक्रिया दिनुहोस्