वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

ठाकुरबाबा नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा माओबादी केन्द्र विजयी

        बअ सम्बाददाता   |   प्रकाशित मितिः बुधबार, असार २१, २०७४     ::: 126 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया |
बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेकपा एमालेका घननारायण श्रेष्ठ विजयी हुनुभएको छ ।
उहाँले ७०७४ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका नेत्रराज आचार्यले ६९५५ मत ल्याउनुभयो ।
यस्तै उपमेयरमा भने माओबादी केन्द्रकी कृष्णा कुष्मा थारु (आस्था) विजयी हुनु भएको छ । उहाँले ७०८६ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी बिना भट्टराईले ६९७५ मत पाउनुभयो ।
सुरु देखि अग्रस्थानमा रहनु भएका श्रेष्ठले ९८२ मतले अघि रहँदा पनि माओबादी केन्द्रले पछिल्लो १ हजार मत गणना हुँदा मतान्तर घटाएको थियो । निक्कै कडा प्रतिस्पर्धा र कम मत अन्तरले विजयी भएको बर्दियामा यो पहिलो नगरपालिका हो ।

प्रतिक्रिया दिनुहोस्