वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

बर्दियाको गुलरिया नगरपालिकामा चार जना पत्रकार विजयी

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः शनिबार, असार १७, २०७४     ::: 1228 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया।
स्थानिय तह निर्वाचनमा बर्दियाको गुलरिया नगरपालिकामा चार जना पत्रकार विभिन्न पदमा विजयी भएका छन् । पत्रकार शुशिला गिरी नेपाली कांग्रेसको तर्फबाट गुलरिया नगरपालिकाको उपप्रमुख पदमा विजयी हुनु भएको छ । शुशिला गिरी नेपाल पत्रकार महासंघको केन्द्रिय पार्षद हुन् । यस्तै पत्रकार प्रतापकुमार गौतम गुलरिया नगरपालिका वडा नं १ बाट वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । प्रतापकुमार गौतम प्रेस चौतारी बर्दिया शाखाका सल्लाहकार हुन् ।
यसै गरी पत्रकार युवराज श्रेष्ठ गुलरिया नगरपालिका वडा नं ५ बाट वडा सदस्य पदमा निर्वाचित भएका छन् । युवराज श्रेष्ठ महासंघ बर्दियाका पूर्व अध्यक्ष तथा हाल केन्द्रिय पार्षद हुन् । विनय राजभण्डारी गुलरिया नगरपालिका वडा नं ७ को वडा सदस्य पदमा निर्वाचित भएका छन् । विनय राजभण्डारी प्रेस युनियन बर्दिया शाखाका अध्यक्ष हुन ।
६ नगरपालिका र २ गाउँपालिका गरि ८ स्थानिय तह रहको बर्दियामा गुलरिया नगरपालिकाको मतगणना भई सकेको र ५ नगरपालिका र २ गाउँपालिकामा मतगणना जारी रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्