वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

बर्दियाको गुलरिया नगरपालिकामा नेपाली काङ्रेस विजयी

        भावुक योगी   |   प्रकाशित मितिः शनिबार, असार १७, २०७४     ::: 2267 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया ।
बर्दियामा अन्तिम नतिजा आउने क्रम शुरु भएको छ । सदरमुकाम गुलरिया नगरपालिकाको मेयर र उपमेयर पद नेपाली काङ्रेसले हात पारेको छ ।

बर्दियाको गुलरिया नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका मुक्तिनाथ यादव (किट्टु ) ६२०७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हरि ज्ञवालीले ५७६३ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा पनि नेपाली कांग्रेसकै सुशीला गिरी ६३६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेकपा एमालेकी टीका सम्मेली मगरले ५६८५ मत प्राप्त गर्नु भएको छ ।

१२ वडा रहेको गुलरिया नगरपालिकामा वडा नं ३, ५, ६ र १० मा नेपाली कांग्रेसले वडा अध्यक्ष पदमा जीत हासिल गरेको छ भने ८, ९, ११ र १२ नम्वर वडामा माओवादी केन्द्रले वडा अध्यक्षमा जित हाँसिल गरेको छ । ने.क.पा. एमालेले वडा नं १, २ र ४ वडामा वडा अध्यक्ष जीतेको छ भने राप्रपाले वडा नं ७ मा वडा अध्यक्षमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्