वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

बर्दियाको ३ तहमा माओवादी केन्द्रको अग्रता

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शुक्रबार, असार १६, २०७४     ::: 2165 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया ।
बर्दियाको मधुवन नगरपालिका सहित बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ ।
पछिल्लो परिणाम अनुसार मेयरमा माओवादी केन्द्रले २ हजार ५ सय २६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २ हजार १ सय ५४ मत प्राप्त गरेको छ । एमाले १ हजार ३ सय ६६ मत पाएको छ ।

बारबर्दियाको हामीलाई प्राप्त पछील्लो परिणाम अनुसार माओवादी केन्द्रले १४०० मत प्राप्त गरेको छ भने एमालेले ६२७ र नेपाली काङ्रेसले ४४६ मत प्रप्त गरेको छ ।
त्यस्तै गेरुवा गाउँपलिकामा माओवादी केन्द्रले १८३७ मत प्राप्त गरेको छ भने काङ्रेसले १४७९ र एमालेले ९०१ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्