वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

बर्दियाको ४ तहमा नेकपा एमाले अगाडि

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शुक्रबार, असार १६, २०७४     ::: 3007 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया ।
बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बासगढी नगरपालिका, बढैयाताल गाउँपालिकामा यो समाचार तयार पार्दासम्म नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
गुलरिया नगरपालिकामा मेयरमा एमालेका हरी ज्ञवालीले ३८७८ मत प्राप्त गर्नुभएको छ भने नेपाली काङ्रेसका मुक्तीनाथ यादव किट्टुको ३७४० मत छ । माओबादी केन्द्रका गेहेन्द्र ढकालको १८४७ मत रहेको छ ।
यता ठाकुरबाबा नगरपालिकामा मेयरमा नेकपा एमालेका घननारायण श्रेष्ठको २३४१ मत प्राप्त गर्नुभएको छ भने माओबादी केन्द्रका नेत्रराज आचार्यको २०८९ मत प्राप्त गर्नुभएको छ । नेपाली काङ्रेसका मक्कुराम थारुको १३१९ मत रहेको छ ।
यस्तै बाँसगढी नगरपालिकामा मेयरमा एमालेले २ हजार ४ सय ३१ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले १ हजार ४ सय ८० मत ल्याएको छ । नेपाली कांग्रेसले १ हजार ४ सय १६ मत प्राप्त गरेको छ ।

बढैयाताल गाउँपालिकाको प्रमुखमा एमालेका लालबहादुर श्रेष्ठले २०७७ मत प्राप्त गर्नुभएको छ भने  नेपाली कांग्रेसका मानबहादुर बीसीले १४७१ र माओवादी केन्द्रका लल्लुराम चौधरी ५२६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्