वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

सदरमुकाम गुलरियाको मत गणना भोली बिहान ७ बजेबाट शुरु हुने

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, असार १४, २०७४ ।    

ठाकुरबाबा, बर्दिया।
बर्दिया सदरमुकाम गुलरिया नगरपालिकाको मत गणना भोली बिहान ७ बजेबाट सुरु हुने भएको छ ।
बुधबार राती अबेर बसेको सर्वदलीय बैठकले बिहीबार बिहान ७ बजेबाट मतगणना शुभारम्भ गर्ने निर्णय गरेको हो ।
बर्दियाका मुख्य निर्वाचन अधिकृत कुलराज शर्मा सम्मेलित सर्वलदलीय बैठकमा केही राजनैतिक दलले बुधबार रातीबाटै मतगणना गर्नुपर्ने धारणा राखेपनि अन्त्यमा सबै दलको मिलापमा बिहीबार बिहान सात बजेबाट मतगणना शुरु गर्ने निर्णय गरिएको हो।
जिल्ला समन्वय समितिको कार्यालय परिसरमा समुह बनाई प्रत्यक वडाबाट मेयर,उपमेयर,वडा अध्यक्ष,वडा सदस्यहरु,महिला वडा सदस्य र दलित महिला सदस्यहरुको एकैचोटी मतगणना गरिने मुख्य निर्वाचन अधिकृत शर्माले बताउदै ३ दिनभित्र सबै मत परिणाम आउने गरि मतगणना गर्ने सोचमा आफु रहेको र राजनैतिक दलले सोही बमोजिम बर्दियाको सबै तहको मतपरिणाम छिटाछरितोे रुपमा सार्वजनिक गर्ने कार्यमा आफु र आफनो मातहतका निर्वाचनमा खटिएका सबैलाई सहयोग हुने कुरामा विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: