वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

उत्साहजनक रुपमा बाँकेमा मतदान सम्पन्न: ७२ प्रतिशत मत खस्यो

        भगतराम थारु   |   प्रकाशित मितिः बुधबार, असार १४, २०७४     ::: 926 पटक पढिएको   |  

नेपालगन्ज, बाके ।
२ लाख ४६ हजार १ सय ३ मतदाता रहेको बाँकेमा ७१.२५ प्रतिशत मत खसेको छ ।
जिल्लाका ८ वटै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भएको मुख्य निर्वाचन अधिकृत तेज नारायण पौडेलले जानकारी दिनुभयो ।


बिहान ७ वजेदेखि सुरु भएको मतदानमा घामको कुनै प्रवाह नगरि सर्वसाधारणहरु मतदान गर्न लाईनमा बसेका थिए ।
जिल्लाका सार्वजनिक भवन र विद्यालय परिसरमा मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । बाँकेका सम्पुर्ण मेयर, उपमेयरहरुले भने मतदान गरिसकेको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी गराउनुभयो । बाँकेमा कुल मतदाता मध्ये महिला १ लाख २५ हजार ९ सय ९३ रहेका छन भने पुरुष १ लाख २० हजार ८४ जना रहेका छन् । यस्तै तेश्रो लिङगी १ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
पौडेलका अनुसार बाँकेका १३६ मतदान स्थलका २ सय ९५ मतदान केन्द्रमा मतदान भएको छ ।
८ वटा स्थानीय तहमा रहेका ४ सय २१ पदका लागि २ हजार ३ सय ८२ जना चुनावी उम्मेदवार प्रतिस्पर्धीमा रहेका छन् । बाँकेका कुनै पनि मतदान केन्द्रमा अप्रिय घटना भने हुन नपाएको बाँके प्रहरी प्रमुख राईले बताउनुभयो । यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ९ मा ८० प्रतिशत मत खसेको छ । कुल ३ हजार ९४ मतदाता मध्ये २ हजार ४ सय ८९ मत खसेको निर्वाचनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्