वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बाढीपीडित भन्छन : बसोबासको व्यबस्था गर्नेलाई भोट

        यादब आचार्य   |   प्रकाशित मितिः आइतवार, असार ११, २०७४     ::: 335 पटक पढिएको   |  

गुलरिया स्थित खेलमैदानका बाढीपीडितहरु ।

गुलरिया, बर्दिया ।
बबई नदीको वाढीबाट पीडित बनेका बर्दियाका बाढी पीडितहरुले आफुलाई उचित बसोबासको व्यबस्था गर्नेलाई भोट दिने बताएका छन् ।

४ वर्ष देखि शिविरमा बस्दै आएका बाढी पीडितहरुले अहिलेसम्म कसैले पनि वास्ता नगरेको भन्दै अब आफुलाई पुनस्र्थापित गर्नेलाई मत दिने बताएका हुन् । ‘०७१ साल साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले घरबार बिहीन बनेपछि हामी शिविरमा वस्दै आएका छौ, गुलरिया नगरपालिका वडा नं। ४ स्थित तुलसिपुरको फुटवल खेल मैदानमा बस्दै आउनु भएकी विमला विकले भन्नुभयो, ‘ घाम, पानी, हावाहुरी लगायत प्रकृतिसँग लामो समय देखि संघर्ष गर्दै आयौं कसैले वास्ता नगरेपछि अब हाम्रो माग जसले सम्बोधन गर्छ उसैलाई भोट हाल्ने हो ।’

अघि पछि वास्ता नगर्ने नेताहरु चुनावमा हात जोड्दै भोट माग्न आउने गरेकोमा विक रुष्ट हुदै भन्नुहुन्छ, ‘चुनाव अगाडी जति दल आए आश्वासन मात्र बाँडेर गए । कुनै पनि पार्टीले हामीलाई हेरेन ।’

बर्दियाको गुलरिया नगरपालिकास्थित तुलसीपुरको खेल मैदान र वनियाभारको शिविरमा वस्दै आएका बाढी पिडितको व्यथा उस्तै छ । बर्षाको भेल, तराईको उखरमाउलो गर्मी अनि हिउँदको कठ्याङ्ग्रिदो जाडो उनीहरुको लागि अभिषाप बन्दै आएको छ । शिविरमा बस्दै आउनुभएकी एक वृद्ध महिलाले भन्नुभयो, ‘शिविरको बसाई कति पीडादायी छ त्यो त हामीलाई मात्र थाहा छ ।’

प्रतिक्रिया दिनुहोस्: