वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बर्दियाका ५३ मतदान स्थल अतिसंवेदनशिल: सुरक्षा व्यवस्था कडा पारिने

        सुदीप अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, असार ९, २०७४ ।    

ठाकुरबाबा, बर्दिया।
बर्दियामा ५३ वटा मतदान स्थल अतिसंवेदनशिल ठहर गरिएको छ । जिल्ला सुरक्षा समितिले प्रहरी जिल्लाको उत्तरी भेग भारितय सिमासँग जोडिएका मतदान स्थललाई अतिसंवेदनशिल क्षेत्रको सुचीमा राखेको हो । भारतिय सिमामा पर्ने जमुनीदेखि राजापुरसम्मको उत्तरी क्षेत्रलाई संवेदनशिल क्षेत्रमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहोराले बताए ।
जिल्लामा ३ सय १४ मतदान केन्द्र अन्र्तगत १ सय ५३ वटा मतदान स्थलहरु छन् । सुरक्षा समितिले सुरक्षाका दृष्टिकोणले जिल्लाका मतदान स्थलहरुलाई सामान्य संवेदनशील, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गिकरण गरेको छ । जसमध्ये ५८ मतदान स्थल सामान्य, ४२ संवेदनशील र ५३ वटा मतदान स्थल अतिसंवेदनशीलको सुचीमा राखिएको छ । भारतिय सिमासँग जोडिएको बढैया गाउँपालिकाका केही मतदान स्थल,गुलरिया नगरपालिकाका केही क्षेत्र, मधुवन नगरपालिकाका उत्तरी क्षेत्र र राजापुर नगरपालिकाको केही क्षेत्रलाई अति संवेदनशिल क्षेत्र मानिएको छ ।
चुनावी सुरक्षाका लागि मतदान स्थलको भित्री घेरमा नेपाल प्रहरी र म्यादी गरि करिव दुई हजार पाँचसय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने प्रहरी उपरिक्षक भरतबहादुर बोहराले जानकारी दिए । अतिसंवेदनशील मतदान स्थलहरुमा सुरक्षाकर्मी थपिने उनले बताए भएको छ ।
भारतीय सीमावर्ती क्षेत्रका मतदान स्थल, राजपा र विप्लव समुहका कार्यकर्ताहरुले निर्वाचन विथोल्ने कृयाकलाप गर्न सक्ने सम्भावित क्षेत्रहरुलाई वर्गिकरण गरिएको प्रहरीले जनाएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रत्येक नगरपालिकामा थप सुरक्षाकर्मी सहितको २ वटा पट्रोल गस्ती निर्वाचन अवधिभर रहने बताइएको छ । निर्वाचनका दिन मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: