वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बाहुनी केटि खोज्दा

        आयुष भट्टराई   |   प्रकाशित मितिः सोमवार, असार ५, २०७४     ::: 363 पटक पढिएको   |  

श्रेष्ठ थिइ एक बेला प्रेमीका। घरमा नेवार्नी केटि स्विकार्दैनन भनेर छोडेको आफैले। आज सम्झिन्छु। हाँसो लाग्छ। भनेको थिए, ‘तिमी नेवार्नी म बाहुन। लभ गर्ने बेलामा गरि हालियो। तिम्रो र मेरो बिहे घरमा स्विकार गर्दैनन। अब यति लब गरौ।’ अनि उसको उतर,’हुन्छ आजदेखि फोन नगर।’

त्यसपछि कहिले फोन लागेन उसको। के मोडमा के भनेछु भनेछु। जिस्किन मात्र खोजेको थिए। जिन्दगिनै चुडकिला भयो त्यसपछि। अर्कि एउटि संग जिस्किदै थिए। मायाँ प्रिति बस्छ जस्तै भाको थियो। त्यसले पत्याउछेकि भनेरै छोडन खोजेको थिए। त्यसले पनि पत्याईन । भएकि पनि छोडेर गई। त्यसपछि कसैले पत्याएनन। आज यस्तो हालत होला भन्ने एक मन पनि सोचेको थिइन।

आमाले भनेको त्यहि बाक्यले चसक्क घोच्यो मलाई। भन्नु भाको थियो,’हेर ठुले। अब बिहे गर। घरमा साह्रै बिजोक भयो। तेरि आमाको पनि बिजोक हेर न कस्तो छ। बुहारि ल्याई दे अब मेरो लागि भएपनि। पढन त पढे भन्छस। सधै बिषय लाग्यो मात्रै भनेको सुन्छु। अब धेरै पढेकि केटि त काहा दिन्छन तलाई। पल्ला गाउमा बाह्र फेल भएर बसेकि केटि छ अरे। राम्री छ भन्थे। माग्न गए हुन्छ अरे। एकचोटि घर आइज। मन पर्यो भने बिहे गर। कि कोहि मन परेको छ भने भन । लिएर आइज । मनले खाकि कोहि छ भने । बाहुनी नभएपनि हुन्छ ? क्षत्री, राई, लिम्बु, नेबार जे भएपनि हुन्छ। तल्लै जातको चै नल्याउनु। साह्रै हेला गर्छन गाउघरकाले।

हो मेरो औकात बाह्र फेल गरेर बस्ने संग बिहे गर्ने सम्म छैन जस्तो लाग्यो । सम्झिए व्याचलर पहिलो बर्षको दुई बिषय, दोश्रोको एउटा, तेश्रोको पनि कति लाग्ने हो अब । नेबार्नी प्रेमीका छोडेकोमा अर्को पछुतो भयो । ‘कि कोहि मन परेको छ भने भन। लिएर आइज । मनले खाकि कोहि छ भने। बाहुनी नभएपनि हुन्छ। क्षत्री,राई, लिम्बु, नेबार जे भएपनि हुन्छ। तल्लै जातको चै नल्याउनु । साह्रै हेला गर्छन गाउघरकाले।’ आमाको यहि बाक्यले घोच्यो मुटु छेडने गरि। आफैलाई भने,त्यस्ति राम्रो केटि छोडे। त्यो संग यतिन्जेल लभ गरेको भए के हुन्थ्यो। नेबार्नी भएर के हुन्थ्यो त ! थुक्क ! मेरो बुद्धि।

मागि बिहे गरेर कसरि जिन्दगी काट्नु । म सक्दिन जिन्दगी काट्न । अब आमालाई भएपनि बुहारि खोज्छु । तर बाहुनि नै बिहे गर्ने हो । फेरि त्यो नेबार्नीले हेप्छे फेरि । बाह्र फेल भएर बसेकि संग त काहा जिन्दगी चल्छ होला र ?

केहि पुराना कुरा सम्झिन्छु ।

त्यसपछि प्रेमिका बनाउन गरेका गरेका चार प्रयासहरु सम्झन योग्य छन ।

पहिलो नम्बर ।
एउटिलाई मख्ख नबनाई भाको थिएन । यहि फेसबुक त हो । गफ गर्न सके मख्ख हुने हो । हेरौ को को रहेछन अनलाईन !

तिन चार जनाको नाम भित्र गए । खोले । हेरे । यस्को पक्कै लभ परेको छ पत्याउदिन । होस यो पनि । अब अर्कि, यो बाहुनि हैन, भयो । केहि नाक चुच्चे अनुहार हरुखोजे बाहुनि चाहिने भएर । यो बाहुनि हो । अनलाईनको हरियो बत्ति बल्यो । नाम पनि के हो यस्तो एन्जल अरे ।

यतिकि सम्म भए हुन्थ्यो भन्दै थियो मनले। अब के बोल्ने तरु
लेखे। ‘कुराकानि गरौ त आज जे सुकै होस। सुरु गरौ कता छौरु’
‘हि हि म रुममा।’
‘रुममा कतार ?’
‘किर्तिपुर।’
‘रुममा कता ? कुर्सिमा कि खाटमा कि भुईमा।’

उ हासी मात्र। मैले फेरि भने नयाँ पुराना कुराहरु सुनाउ के छ ?
जिस्किन्छे जस्तो छ। भनि,’पहिले के सुनाऔ नयाँ कि पुरानो ?’
‘पुरानो’ मेरो आग्रह। ‘पुरानो ठिकै छ’उसको उतर ।
नजिस्कि भाकै छैन। ठिकै छ भनेको नयाँ हो मैले पुरानो सोधेको।
दुईबटा स्टिकर संगै पुरानो ठिकै थियो । हजुरको के छ ?

– मेरो ? नयाँकि पुरानो ?
– नयाँ सुनाउनुहोस केछ ?
– नयाँ ? नयाँबाटो भक्तपुरमा छ त्यो चै थाहा छ। अर्को नयाँबानेश्बर छ।
– हा हा।

अब के भनौ । सोधे ‘खाजा पाक्यो ?’ कतिकि अल्छि रै छे हेरौ हैत। के को पकाउनु पकाउन त। भनि, ‘छैन।हजुरको ?’

‘पकाउनै अल्छि लाग्छ। म कस्तो अल्छि छु।’ मैले भने। पकाएर खुबाउने गरिकि चाहिएको छ। आफै पकाउछु भने भने त पछि गाह्रो भै हाल्छनि।

फेरि
– अनि तपाई के खाने त ?
– पानी नपकाई खाने त त्यहि रहेछ भान्सामा।
– हा हा हा पानि पनि पकाएर खानुहोस।
– तिमी के खाने ?
– सायद रोटि होला।
– कति जागर चलेको नि।
– मैले पकाउने हैन दिदिले हो।
– आफ्नो त पकाउने दिदि पनि भेनालाई दिएर पठाई हालियो।
– अब आफै ल्याउनुनि कसैलाई।
– कसरि पाल्नु फेरि ?
– आफु जसरि पालिएको छ त्यसरि पाल्नु।
– मलाई त बा ले पालेका !
– उनलाई पनि बा ले पाल्छन होला नि त ल्याई सकेपछि।
– बा ले मार्छन लिबिष्टिक किन्ने पैसा माग्दा। लिबिष्टिक काहा बाट किन्नुरु चाहियो होला नि त १
– अरुनै कामलाई भनेर माग्ने नि लिबिष्टिक नभनि।
– लिबिस्टिक नलगाउने केटि पाईएन पाइयो भने।
– पाइयो भने के ?
– ल्याउने।
यो पनि ठिक भएन। मनले खाएन। जिस्किने खाल्कि परिछ। जिस्किने मात्रै । कुरो मिलेन ।

दोश्रो नम्बर ।

क्यापस संगै पढने, जादा आउदा संगै माइक्रोमा जाने आउने केटि । बिश्ब शुन्दरि लाग्थ्यो मलाई । फोन नम्बर पनि थियो , फोन पनि हुन्थ्यो । दुई बर्ष यतिकै सामान्य बोल्छु अनि बिहेको प्रस्ताब राख्छु भन्दै थियो मनले । मनको कुरो नभन्दै अस्टेलिया गई हाली, बिचरा म।

तेस्रो नम्बरमा परेकि थिई अर्कि । भेटघाटमा बोलिले मख्ख बनाएकि । निक्कै पछि लागेको पनि हो । हजार पन्ध्र सय त त्यसलाई पनि खाजा र रिचार्जमा खर्च गरियो । पछि थाहा भयो अर्कैकि प्रेमीका हो भन्ने कुरा । धन्न यो चै अहिले साथि सम्म थिई ।

चौथो नम्बर

फेसबुकमा एउटा समुह थियो ब्राम्हण समुह भन्ने ।  लभ गरेपछि बाहुनि संगै गरेर बिहे गरौ भनेर ब्राम्हण समुहमा बाहुनी खोज्न गए । एउटि संग त्यहि समुह बाट लभ पर्ला जस्तो भएको थियो फेसबुकमै साथि बनेकि थिई । भेटन सम्म बोलाएको हो आउछु भन्थि मलाई बसन्तपरमा चार घण्टा मात्रै पर्खाइ । के को आउनु भेटन त।

खै कस्ले के लेखेको थियो त्यहि ब्राम्हण समुहमा। त्यतिबेला सायद ‘निन्द्रा त रामरि पर्दैन । यहा लभ झन कसरि परोस भनेर लेखेको एउटा लाइन थियो । टिप्पणी कहिले काहि गरिन्थ्यो । टिप्पणी गर्न मन लागेरै गरेको थिए।

मेरो टिप्पणी ‘यस्तो भन्ने संग मेरो लभ परे पनि हुने नि।’
उतरमा ‘है त्यस्तो पो।’
फेरि मेरो स्पस्टता’अनि के त। ‘ उता बाट ‘खै के हो।’
म बाट, लभ परे त निन्दा लाग्ने औषधि किनेर ल्याएर भएनि खुबाउथे।
उ बाट असहमति सहित पर्दैन पर्दैन।
दोहोरि चल्यो। म बाट फेरि जबाफ जस्तो ‘पर्छ मात्रै भनेको भए मेरो भुईमा खुट्टा हुने थिएन।’

दुईचार बटा हासेका खप्परहरु पनि संगै मुस्कुराए । उसले आफ्नो बिचार राखि मन्द मुस्कान सहित फेसबुकमा त देखिएन । हा हा देखेपछि मुस्कुराउदै हुनुपर्छ भन्ने अनुमान लगाए। थियो,’हा हा त्यहि भएर खुट्टा भुईमा नभए लडनु हुन्छ भनेर नभनेकि ।’

म नि काहा छोडछु र जिस्किन । लेखे ,’ म लडछु भनेर कति ख्याल गर्या होला नि! यस्तो राम्रो सोच्ने मान्छे संग मेरो लभ परे पनि हुने नि।’ उ फेरि हाँसी । म सोच्न थाले। लभ पर्छ त यो संगरु फेरि यस्तै लेखे,’म पनि हासिदिन्छु कतै लभ पर्छ कि।’ त्यसपछि केहि भएन।

एउटा फेसबुकमा रिकोयस्ट आयो । उहि पो हो कि भनेर हेरे हैन रहेछ । साथि बनाए । त्यहि लेखेको टिप्पणी देखेर फेन्डरिकोयस्ट पठाएकि रै छ । भाग्य चम्कियो बाहुनि भेटियो भनेर मख्ख भए। फेसबुकमै राति दुई बजि सम्म कुरा भयो। भेटने सहमति सम्म भयो । आउछे भनेर पर्खिए । के को आउनु । चार घण्टा पर्खाएर पनि आइन।

आमाले भनेका कुराहरुले फेरि घोच्यो । आफै सम्झिए । मेरो औकात बाह्र फेल हुने केटि संग नि मिल्दैन। कसैले पत्याउने बाला छैनन् । त्यसमाथि बाहुनिहरु कम नापिएका हुदैनन । मेरो भाग्यमा मायाँ प्रिति गरेर बिहे गर्न लेख्या छैन जस्तो लाग्यो । आमालाई फोन गरे भने ‘आमा म गाउँ आउछु । तपाईलाई नि गाह्रो छ अब म बिहे गर्छु। बिहे गरेपछि बाहुनि गर्ने हो। मागि बिहे नै गर्छु।’

अब लभ, बिहे गरेपछि गरौला एक्कै चोटि । मनले यसै भन्यो ।

लेखकलाई फेसबुकमा भेटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्