वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

राष्ट्रिय गौरवको भेरी–बबई आयोजनाको १५० मिटर सुरुङ निर्माण पुरा

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शनिबार, असार ३, २०७४     ::: 939 पटक पढिएको   |  

सुर्खेत ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको एक सय ५० मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले पाँच महिना लगाएर सुरुङ निर्माणमा प्रयोग गरिने मेसिन टिबि एमलाई चाहिने बेसका लागि एक सय ५० मिटर सुरुङको निर्माण कार्य पूरा गरेको हो ।
पाँच महिनामा पहिलो चरणको सुरुङ निर्माण कार्य पूरा भएको कोभेक प्रशासकीय प्रमुअ लिछाङ्योङ्ले बताउनुभयो । पहिलो चरणको काम पूरा भएको र अब बाँकी सुरुङ खन्नका लागि चाहिने टिबिएम दुई महिनामा नेपाल आइपुग्ने बताईएको छ ।
दिन र रात दुई चरणमा काम भइरहेको र सोचे अनुसार काम अगाडि बढेकाले समयमा नै एक सय ५० मिटर सुरुङको निर्माण कार्य पूरा भएको छ । भेरी र बबई नदीमा पर्ने चुरे पर्वतमा १२ किलोमिटर लामो सुरुङ खन्न टिबिएम प्रविधि नआएकाले अहिले मजदुरबाट एक सय ५० मिटर सुरुङ निर्माण थालिएको हो । लम्बाइ र चौडाइ ५.६  मिटर रहने सुरुङ ९६ मजदुरबाट सुरु भएको हो ।
सुरुङ निर्माण चार वर्षमा सम्पन्न गर्ने योजना रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म काममा कुनै अवरोध नदेखिएकाले समयमै काम सकिने विश्वास निर्माण पक्षले गरेकोे छ । चार वर्षको अवधिमा १२ किलोमिटर भेरीको पानी बबईमा ल्याउन सुरुङ निर्माण सक्ने लक्ष्य लिएको आयोजनाको तीव्र गतिका साथ काम भईरहेको छ । तीन चरणमा निर्माण सम्पन्न गरिने उक्त आयोजनाको पहिलो चरणमा १२ किलोमिटर सुरुङ खनिने छ भने दोस्रो चरणमा ४८ मेगावाटको बिजुली निकालेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । तेस्रो चरणमा सिँचाइका लागि काम गरिने छ । यसबाट बाँके, बर्दियाको ५१ हजार हेक्टर जमिनमा पूरै १२ महिना सिँचाइ सुविधा र्पुयाउन सकिने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: