वि.सं.   शनिबार, कार्तिक ४, २०७४   तदनुसार  21 October 2017

ठाकुरबाबा नगरपालिकामा मनोनयन दर्ताका लागी दलगत रुपमा समय बाँडफाँड

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शनिबार, असार ३, २०७४     ::: 859 पटक पढिएको   |  

भुरिगाउँ, बर्दिया ।

आषाढ १४ गते हुने स्थानिय तहको निर्वाचनका लागी ठाकुरबाबा नगरपालिकामा मनोनयन दर्ता गर्न आषाढ ४ गते आईतबार बिहान १० बजे देखी साँझ ४ बजे सम्मका लागी समय बाँडफाँड गरिएको छ ।
बाँडफाँड गरिएको समय अनुसार बिहान १० बजे देखी ११ बजे सम्म राष्टिय प्रजातन्त्र पार्टी, ११ बजे देखी १२ बजे सम्म देशभक्त जनगणतन्त्र मोर्चा नेपाल, १२ बजे देखी १ बजे सम्म नेपाली काँग्रेस, १ बजे देखी २ बजे सम्म नेकपा एमाले, २ बजे देखी ३ बजे सम्म नेकपा माओबादी केन्द्र र ३ बजे देखी ४ बजे सम्म अन्य दलहरुलाई समय तोकीएको छ ।
पार्टीगत रुपमा १० बजे देखी ४ बजे सम्मको समय बाँडफाँड गरिएको भए पनी मनोनयन दर्ता भने विहान ८ बजे देखी नै खुल्ला हुने र बिहान ८ बजे देखी १० बजे सम्ममा स्वतन्त्र तथा अन्य दलले मनोनयन दर्ता गर्न सकिने ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका प्रमुख दशरथ गौतमले बर्दिया अनलाईनलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्