वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

सीके राउत समूहका केन्द्रीय प्रवक्ता बर्दियाको गुलरियाबाट पक्राउ

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शनिबार, असार ३, २०७४     ::: 513 पटक पढिएको   |  

गुलरिया, बर्दिया ।
स्वतन्त्र मधेस गठवन्धन (सीके राउत) समूहका केन्द्रिय प्रवक्ता बर्दियामा पक्राउ परेका छन् । अनुसन्धानका लागि भन्दै प्रहरीले गुलरिया ११ मोहम्मदपुरबाट स्वतन्त्र मधेस गठवन्धनका प्रवक्ता अब्दुल खाँलाई पक्राउ गरेको हो ।
बर्दिया जिल्ला ईन्चार्ज समेत रहनु भएका ३० वर्षीय खाँलाई शुक्रवार राती साढे ११ बजे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काको कमाण्डमा गएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
खाँको रुपन्देही र सिराहा प्रहरी कार्यालयमा राज्य विरुद्धको आरोपमा मुद्दा दर्ता भएकाले पक्राउ गरीएको बर्दिया प्रहरी प्रमुख एसपी भरत बहादुर बाहोराले बताउनुभयो । केही दिन यता जिल्लामा निर्वाचन विरोधी गतिविधि गरेको समेत पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: