वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

गजल:: मुटु नधड्किएरै बाँच्न सक्ने भए – लक्ष्मी खनाल अभी

          |   प्रकाशित मितिः शनिबार, असार ३, २०७४     ::: 257 पटक पढिएको   |  

 -लक्ष्मी खनाल अभी

मुटु नधड्किएरै बाँच्न सक्ने भए ।
सधैं तड्पिएर बाँच्न सक्ने भए ।।

लाग्छ सबैभन्दा सुखी हुने थिएँ म,
विगतलाई नसम्झिएरै बाँच्न सक्ने भए ।

हाँस्न जरुरत पर्दैनथ्यो कसैलाई यहाँ,
आँशुमात्र पिएरै बाँच्न सक्ने भए ।

म दिन्थेँ तिमीलाई मुटु झिकी,
मुटु पनि दिएरै बाँच्न सक्ने भए ।

कोही भन्दैथियो- आँफैलाई बिर्सिदिन सक्छु,
परिचय नदिएरै बाँच्न सक्ने भए ।

उसले आत्महत्या गर्दैन्थ्यो होला-
चोटमात्र लिएरै बाँच्न सक्ने भए ।

गुलरिया, बर्दिया।

प्रतिक्रिया दिनुहोस्