वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

राजनितिमा समयको चेत: के हामीमा साँच्चै परिवर्तन आयो त ?

        रेशम थापा   |   प्रकाशित मितिः शनिबार, असार ३, २०७४     ::: 574 पटक पढिएको   |  

 

०६२/६३ को जनआन्दोलन पछि राजनितिक रुपमा जनताहरु सचेत र जागरुक भएको कुरालाई नकार्न सकिदैन । हिजो आज बर्गिय रुपमा पिछडिएका जनताहरु आत्मअधिकार र आत्मनिर्णयको अधिकारका लागि आवाज उठाउन सक्षम भएका छन र उनिहरुको सक्रिय राजनितिमा सहभागिता पनि भएको पाईन्छ ।

विगतमा सामन्ती राज्यसत्ताबाट दबिएका, दबाइएका, निषेध गरिएका र उपेक्षा गरिएका जनता नै खासगरि पछिल्लो समयमा राजनितिमा सक्रिय हस्तक्षेपकारी भुमिका निर्वाह गरिरहेका छन, जो अहिले भएका राजनितिक परिवर्तन र परिवर्तनसँगै भएका उपलव्धिहरु यसका प्रमाण हुन ।
तर यति हुदाहुदै के हामीले हासिल गरेका राजनितिक परिवर्तन सँगै समाजमा भएको वर्गिय,जातिय र भाषिक साँस्कृतकि बिभेद मा परिवर्तन भएका छन त ? महत्वपुर्ण प्रश्न यो हो ।

मधेशले किन आफुलाइ सधै नेपाली हुँँ भनेर आफनो परिचय दिइराख्नु पर्ने स्थिती आयो ? पहाडिया राष्टबादले सधै मधेशलाई किन घृणा र उपेक्षाको नजरले हेर्ने बाताबरणको श्रृजना उत्पन्न भयो ? राजनितिमा समयको चेत यहिनिर गुमेको छ ।

यदि परिवर्तन भएका छैनन भने हामिले गरेको राजनितिले कुन समाज र बर्गको प्रतिनिधित्व गर्छ त ? २००४ सालबाट जातिय उत्थानका लागि राज्यसत्तासँग सँघर्ष गरिरहेको दलित जाति, २००८ सालबाट महिलाको हकका लाागि सँघर्ष गरिरहेका महिला, सदियौदेखि सँघर्ष गरिरहेका थारु जाति, ०६२/६३ पछि सक्रिय रुपमा राज्यसत्तासँग सँघर्ष गरिरहेको मधेस अनि बर्षौदेखि सँघर्षरत राई किरात सभ्यता भित्रका अलग अलग जातजातिको अधिकार र अस्तित्वको अबस्था के छ ? अल्पसंख्यक जातजाति राउटे, मुसहर, बादि, चुरेटा, कुमाल, तथा अन्य थुप्रै अलपसंख्यक जातजाति छन जो राज्य बाट सधैं सौतेनि ब्यबहार पाइराख्यो, तिनको अवस्था राजनितिको मुलधारमा कहाँनिर छ ?
आज बाहुन, क्षेत्रि र नेवार जातिको सोच,आर्थिक तथा सामाजिक ‘स्टाटस’ सय बर्ष अगााडि हुदा अन्य जाति किन अझैँ सय बर्ष पछाडि छन ? किन उनिहरुको सोच,सामाजिक तथा आर्थिक स्टाटस कमजोर हुदै गईराखेको छ । लिम्बु राई तामाङ जाति भाषिक तथा शैक्षिक रुपमा किन पछाडि परे ? महान सभ्यता र संस्कृति बोकेको थारु जाति आफनो ईतिहास र उत्पति सम्बन्धि किन अनविज्ञ छ ? मधेशले किन आफुलाइ सधै नेपाली हुँँ भनेर आफनो परिचय दिइराख्नु पर्ने स्थिती आयो ? पहाडिया राष्टबादले सधै मधेशलाई किन घृणा र उपेक्षाको नजरले हेर्ने बाताबरणको श्रृजना उत्पन्न भयो ? राजनितिमा समयको चेत यहिनिर गुमेको छ ।
यी मिहिन तथा ज्वलन्त समस्यालाई नेपाली राज्यसत्ता र सत्तामा आसिन राजनितिज्ञले कहिल्यै बुझने कोसिस गरेनन वा बुझेर मौन बसे ? प्रश्न यो हो ।
जहिले पनि नेपालको राजनितिले राष्टबाद र देशभक्ति स्तुति गानमा आफनो महत्वपुर्ण समय खेर फाल्यो । एउटा भिड बाट निस्केको आवाजलाइ हामिले समर्थन र विरोध बाहेक बाकि केहि गरेनौ । यसको फाइदा उठाय राजनितिक दल र त्यसका ठेकेदारले उनिहरु द्धारा घर भित्र,छिमेकि छिमेकि मा जात जातिमा,समुदाय बर्गमा बैमनश्यता र फुट ल्यायर फोहोरि राजनितिको खेल खेलियो । जाति,धर्म,सस्कृति र सवाल्र्टन बर्ग र समुदायको विकासका लागि कहिल्यै राजनिति भएन बरु जात र धर्म बर्गमाथि राजनिति गरियो । त कहिले लास माथि पनि राजनिति गरीयो । तर पनि नेपालि जनताले दल र राज्य बाट भएका आफुमाथिका शोषण र जालझेललाई सहजै विर्सिदिए ।
आज विसौ बर्ष पछि हुन थालेको स्थानिय निर्वाचनमा नेपालि जनताले उत्साहाजनक उपस्थिति जनाए । यो नेपालि जनताको महानता हो यस्तै महानता दल र नेता तथा सरकारले जनता प्रति कहिल्यै देखाउन सकेनन । बास्तबमा हरेक राजनितिक दल र त्यसका प्रतिनिधिलाइृ यो स्थानिय निर्वाचन महत्वपुर्ण अवसर हो भन्ने मलाइृ लाग्छ । लामो समय लगभग २० बर्ष जति जनताका लागि केहि नगरेका दल र प्रतिनिधिले गरेर देखाउने अवसर हो । यधपि चुनौति पनि उत्तिकै छन तर गर्न नसकिने भन्ने कुनै पनि कारण छैन । प्रतिनिधिसँग अधिकार र निकाय सँग स्रोत तथा साधन सम्पुर्ण कुरा हुदा पनि जनताले त्यसको महसुस गर्न पाएनन भने,सेवाको प्रत्याभुति गर्न पाएनन भने,अधिकार,अवसर,सुविधा बाट बन्चित भय भने यो जस्तो अभिसाप केहि पनि हुदैन । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास का एजेण्डा र त्यसलाई कार्यान्वयन गर्न सक्ने क्षमता र तत्परता अहिलेको लिडरमा हुन जरुरि छ ।

प्रतिनिधिको पहिलो प्राथमिकता:
हिजो राज्य सत्ता बाट दबेका र दवाइएका द्वन्दमा परेका र पारिएका हरेक जात जाति ,बर्ग समुदाय,भाषा भाषि लाई स्थानिय निकाय र त्यसका प्रतिनिधिले मलमपट्टी लाउन सक्नु पर्छ । राज्यप्रतिको उनिहरुको दृष्टीकोण र सोच लाई फराकिलो बनाउन सक्न् पर्छ । आजसम्म गरेका र भएका गल्तीहरुमा जनताका अगाडि माफि मागि फेरि पनि यस्ता गल्ति नदोहोराउने प्रतिवद्दताका साथ विगतमा राज्यले र कानुनले जानेर वा नजानेर,योजनागत तरिकाले नै सहि ‘सवाल्र्टन’ जनताहरुलाई गरेको विभेदको बदला समानुपातिक र आरक्षणको नितिले नभई स्थानिय निकायले विशेष व्यवस्था गरि उनिहरलाई विशेष क्षेतीपुर्तिको सिद्दान्तको आधारबाट स्थानिय निकायको मुलधारमा ल्याउन जरुरी छ । स्थानिय निकायमा सवाल्र्टन जनताको जवाफदेहिता र अपनत्व कायम गराउन सक्नु पर्छ र राज्यले अब हामिलाई कुनै पनि कुराका आधारमा विभेद गर्ने छैन र गर्दैन भन्ने भावनाको विकास किनारिकृत जनतामा गराउन जरुरि छ ।

प्रतिनिधिको दोस्रो प्राथमिकता:
अदुरदर्शि नेता र लामो समयसम्मको गृह युद्धले थिलोथिलो, क्षतविक्षत पारेको हाम्रो समाज, सामाजिक भावना र भौतिक पुर्वाधारहरुलाई एकमुष्ट विकास र सम्भावनाहरको बाटोमा हिडाउनु छ । यातायात,संचार,शिक्षा,स्वास्थ्य,खाने पानि,सडक,नहरको विकास द्रुत गतिमा बढाउन जरुरि छ । यो भन्दा पनि प्रमुख आवश्यकता जगंल नजिकका बस्तिहरुको ज्यानको सुरक्षा ,अन्न बालिको सुरक्षा र जनावरको भवितव्यमा परि अपाङ्ग भएका जनता को उपचार र ज्यान गुमाउने जनतालाई उचित क्षतिपुर्ति जस्ता कुराहरुको प्रत्याभुति गराउनु सक्नुपर्ने चुनौति छ । गरिव, मुक्तकमैया, दलित, जनजाति, अल्पसंख्यक जातिका बालबालिकाको शैक्षिक विकासका लागि निसुल्क शिक्षा मात्र नभई उनिहरुलाई विद्यालयसम्म जाने वातावरण, उनिहरुलाई विद्यालयमा हुने विभेद र तिरस्कारको अन्त्य गराउने र विद्यालयमा उनिहरको रुचिको विकास गराउने वातावरणको सृजना गराउन सक्नु पर्ने छ । हरेक जातजातिको भाषा ,संस्कृती ,लिपि,साहित्य,धर्म को संरक्षण र विकासका लागि स्थानिय निकाय बाट निति तथा कानुन बनाई लागु गर्ने । खेलकुद मैदान, पुस्तकालय, मनोरन्जनका लागि पार्कको विकासको आबश्यक छ

प्रतिनिधिको तेस्रो प्राथमिकता:
राजनितिमा मात्र नभई विकासका हरेक क्रियाकलापमा जनताको सक्रिय र प्रत्यक्ष सहभागिता, युवाको विकास कार्यमा चासो, सम्मानजनक उपस्थिति, जिम्मेवारि बोध र निगरानी बढाउन सक्नु छ । देशमा विधमान बेरोजगारि र गरिविले आक्रान्त युवा बर्गमा देखिएको राज्य प्रतिको उदासि, राज्यप्रति उनिहरुको दृष्टिकोण बदली देशमा कुनै न कुनै विकास कार्य, उधम, रोजगारिमा सहभागिता गराउन सक्नु र देशमा नै केहि गरेर बाच्न सकिन्छ भन्ने सोचको विकास गराउन आजको प्रमुख आवश्यकता हो ।

केहि युवा बर्गले आफ्नो देशमा उधम नगरेका होइनन र नगरेका छैनन पनि तर उनिहरुको उधमसिलता मा राज्यबाट हुनु पर्ने सुरक्षा ,सहयोग र उधमको विकासका लागि राज्यले गरिदिनु पर्ने ब्यबस्थाको कमिले युवाबर्गमा निरासा छाएको हो । नेपालमा भएका हरेक परिर्वतनशिल आन्दोलनमा युवाको महत्वपुर्ण योगदान छ । हरेक राजनितिक दलले युवालाई कहिले राजनितिको ढाल र कहिले हतियार बनाउदै आयको यथार्थ हो । के युवाशक्ति राजनितिक दलका दास हुन ? उनिहरुले सधै राजनितिक दलको झण्डा बोक्ने र दलको स्तुति गान गाउने मात्र कर्तव्य हो ? सधैभरि झण्डा बोकाउने दल र तिनका मुखियाले कहिल्यै युवाको भविस्यको सुरक्षाको ज्ञारेन्टी गरे कि गरेनन् ? यस्ता गलत कार्यलाई अब बन्द गराउन जरुरि छ ।

प्रतिनिधिको चौथो प्राथमिकता:
समाजका हरेक युवाको भविष्यको सुरक्षा र रोजगारिको व्यवस्था,बृद्ध बृद्धाको भत्तामा बृदिका साथै सुरक्षा,एकल महिला, अपाङ्ग, सुत्केरी, अल्पसंख्यक जातिलाई भत्ता बृद्दीको ब्यवस्था गर्न आवश्यकता छ । विभेद रहित,अपाङ्गमैत्रि, महिलामैत्रि समाजको विकास गर्नु आबश्यक छ । प्रसाशनिक निकाय,स्थानिय निकाय, कानुनि निकायमा अपाङ्ग, महिला, बृद्दमैत्रि तथा सेवा प्रवाह छिटो छरितो चुस्त दुरुस्त गराउन सक्नु महत्वपुर्ण उपलब्धि हुनेछ । सेवा प्रवाह गर्ने निकायमा बढदो भ्रष्टाचार, बढदो राजनिति, कर्मचारितन्त्रको दादागिरि, कर्मचारिको आफनो कर्तव्य प्रतिको जिम्मेवारिमा उदासिन र लापरबाहिलाई न्युनिकरण र अन्त्य गर्न जरुरि छ । जनताको सेवा प्रवाह गर्ने निकाय प्रति हराएको विश्वास जगाउन सक्नु ठुलो उपलव्धि हुने छ ।

 

-यो लेखमा व्यक्त विचार लेखकका निजी विचार हुन ।

प्रतिक्रिया दिनुहोस्: