वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

फोरमको शक्ति प्रदर्शनमा राजपाको विरोध

        रबिन्द्र प्रताप गुप्ता   |   प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४     ::: 465 पटक पढिएको   |  

भैरहवा । संघीय समाजवादी फोरम नेपाल रुपन्देहीले गरेको चुनावी प्रचार प्रसार केन्द्रीत शक्ति प्रदर्शनमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले विरोध रुवरुप कालो झण्डा देखाएका छन ।
शक्ति प्रदर्शनको क्रममा फोरमले निकालेको मोटरसाइकल तथा गाडी सहितको ¥याली पटखौली पुग्दा राजपाका नेताहरुले सडकमा टायर बाल्नुका साथै कालो झण्डा समेत देखाएका थिए । संविधान संसोधन विना कुनै पनि हालतमा चुनाव हुन नदिने संघीय गठबन्धनको निर्णय भए पनि पछिल्लो समय फोरमले मधेशको मागहरुलाई वेवास्ता गरी चुनावमा सहभागी हुन लागेकोले त्यसको विरोध स्वरुप कालो झण्डा देखाइएको राजपा रुपन्देहीका जिल्ला सह–संयोजक प्रशान्त गुप्ता महेन्द्रले बताए । उनले संविधान संसोधन मार्फत मधेशको माग सम्बोधन नगरिए सम्म मधेशमा चुनाव हुन नदिने समेत चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्