वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

यो ज्यानको के कुरा, इमान गरिदिउँला – प्रकाश राजापुरी

        प्रकाश राजापुरी   |   प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४     ::: 497 पटक पढिएको   |  

यो ज्यानको के कुरा, इमान गरिदिउँला ।
देशको निम्ती सर्वश्व कुर्वान गरिदिउँला ।।

संकट परेको बेला पावन धराको निम्ती,
दधिची बनी देहको अनुदान गरिदिउँला ।।

फुल्दछन जून चमनमा मायाप्रितीका फूल,
त्यो चमनलाई यो रगत बलिदान गरिदिउँला ।।

उत्सर्गबाट एक नयाँ ईतिहास रचेर,
आमालाई विश्वमा महान गरिदिउँला ।।

म पन्छी हुँँ अध्यारोमा मेरो गुँड जलाई,
बगैचामा प्रकाशको पहिचान गरिदिउँला ।।

प्रतिक्रिया दिनुहोस्