वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

पत्रकार महासङ्घको महाधिवेशन सार्न माग

        एजेन्सी   |   प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४     ::: 233 पटक पढिएको   |  

काठमाडौँ ।
असार १४ गते हुने स्थानीय तह निर्वाचनका कारण समय अनुकूल नहुने भन्दै नेपाल पत्रकार महासङ्घको आसन्न महाधिवेशनको मिति सार्न माग गरिएको छ ।
स्थानीय तहको निर्वाचनपछि मतगणना र चुनावी परिणामको समाचार सङ्कलनमा पत्रकार सहभागी हुनुपर्ने भएकाले असार २१ र २२ गते तय भएको महासङ्घको महाधिवेशनको मिति कम्तीमा एकसाता पर सार्न माग गरिएको हो । हामीले यो खबर गोरखापत्रबाट लिएका हौं ।
प्रदेश नम्वर १, २, ५ र ७ नम्वर प्रदेशको निर्वाचन र त्यसपछि हुने लामो मतगणना प्रक्रियाका कारण पत्रकार महाधिवेशनमा सहभागी हुन नपाउने अवस्था आउने भन्दै पत्रकार रामकृष्ण भण्डारीको अगुवाइमा महाधिवेशनको मिति सार्न महासङ्घलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
केन्द्रीय सभासद्समेत रहेका पत्रकार भण्डारीले महाधिवेशनको मिति सार्ने विषयमा महासङ्घसँग छलफल र समन्वय गर्न नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन, प्रेस सोसाइटी नेपाल, प्रगतिशील पत्रकार सङ्घ, सञ्चारिका समूह, मधेसी पत्रकार समाजलगायतका पत्रकार सङ्गठनलाई समेत ध्याकर्षणपत्र बुझाएका छन् ।
महाङ्सघले आगामी असार २१ र २२ गते २५ औँ महाधिवेशन गर्ने निर्णयसहित सम्वन्धित शाखालाई पत्राचार गरेपछि उक्त समयमा श्रमजीवी र सक्रिय पत्रकार तथा केन्द्रिय सभासद् स्थानीय निर्वाचनको समाचार सङ्कलनमा खटिनुपर्ने भएकाले महासङ्घको ध्यानाकर्षण गराइएको भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्