वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बर्दियाली थारु विकास मन्चको आयोजनामा मिनराज चौधरीको ‘थरुहट आन्दोलन’ विमोचित

        महेन्द्र विष्ट   |   प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४     ::: 1473 पटक पढिएको   |  

काठमाण्डौ।
बर्दियाली लेखक एबम राजनीतिज्ञ मिनराज चौधरीद्वारा लिखित कृती “थरूहट आन्दोलन” विमोचन भएको छ। उक्त कृति बिहीबार एक भब्य समारोहका बिच पर्यटन बोर्ड, भृकुटिमण्डप काठमाडौमा कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नुभएका नेपाल सरकारका उपप्रधान तथा संघीय मामीला एबम स्थानीय बिकास मन्त्री बिजय कुमार गच्छदारले लोकार्पण गर्नुभएको हो। समयसमयमा भएका थारू आन्दोलन र थारुका मुद्दा बारे सरल र तथ्यात्मक शैलीमा लेखिएको उक्त पुस्तकलाई सम्पूर्ण दलका शीर्ष नेतृत्वले पनी पढ़नुपर्ने उहाँले बताउनुभयो।

आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठान ललितपुरले प्रकाशन गरेको सो पुस्तक २ सय ३६ पानाको छ। एतिहासिक थारू आन्दोलनमा आधारित खोज, अध्ययन, अनुसंधानमूलक कृतिले विभिन्न चरणका थारू आन्दोलनलाई एकै ठाऊमा संग्रह गरेकोले एतिहासिक सामग्री हुने टिप्पणीकारले टिप्पणी गरेका थिए।

बर्दियाली थारू विकास मंच काठमाडौको आयोजनामा सम्पन्न सो कार्यक्रममा बोल्दै मंचका अध्यक्ष सिताराम थारूले बिध्यार्थीलाई राजधानीमा डिग्री संगै विकास र अधिकारका बारेमा पनी आवाज़ उठाउन आग्रह गर्नुभयो। टिकापुर घटनाका बारे केहि समय खर्चिनुभएका उहाँले सरकारले थारूलाई हेपेको आरोप लगाऊनु भयो।

कार्यक्रममा बोल्दै निवर्तमान भूमिसुधार मन्त्री माननिय डा. गोपाल दहितले ज्यूँ ले उक्त पुस्तक भावी पुस्ताका लागी अपरिहार्य दस्ताबेज हुने उल्लेख गर्दै विभिन्न भाषामा अनुवाद गरीनुपर्ने भन्दै लेखकलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै आफ़्नो २०/२१दिन सरकारमा बस्दा कमलरी परिचय पत्र लगायत मुक्तकमैयाको हक़मा गरेका कामको वर्णन गर्नुभएको थियो।
बिशेष आतिथ्यता ग्रहण गर्नुभएका निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड़यन मन्त्री जितेन्द्र नारायण देवले पनी लेखकलाई बधाई तथा थप कृति लेखनका लागी शुभकामना दिनुभएको थियो।
कार्यक्रममा बोल्दै लेखकद्वय मिनराज चौधरीले आफ़्नो बिगतका थारू आन्दोलनहरू बाट प्राप्त अनुभव र अध्ययनको संग्रहबाट पुस्तक तयार पारेको र विमोचन समारोहमा टिप्पणीकारले उठान गर्नुभएका बिषयलाई डाउन नोट गरेको बताउनुभयो। साथै व्यस्तताको बाबजुत पनी लोकार्पण समारोहमा उपस्थित हुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्