वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

भैरहवाको समुन्नत विकास कांग्रेसको परिकल्पना

        रबिन्द्र प्रताप गुप्ता   |   प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४     ::: 224 पटक पढिएको   |  

भैरहवा।
नेपाली काँग्रेस सिद्धार्थनगरका नगर प्रमुख र उप्रमुखले नगरको विकासमा आफुहरुले समुन्नत भैरहवाको परिकल्पना गरेको बताएका छन् ।

नेपाली काँग्रेस सिद्धार्थनगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनका उम्मेदवार–पत्रकार परिचयात्मक कार्यक्रममा नगर प्रमुख मातृका प्रसाद यादवले नगरको बृहत विकास र सुन्दरताका लागी अल्पकालीन तथा दिर्घकालीन योजनाहरु मार्फत भैरहवाको बिकासलाई अगाडी बढाइने बताए ।
उनले नगरको स्तरउन्नती, सरल प्रशासन, सहज र पार्दर्शी जनमुखी कार्यक्रमहरुलाई संस्थागत गरिने समेत पत्रकार परिचयात्मक कार्यक्रममा बताए ।

नगरको विकासमा नीतिगत पार्दर्शीता र दिगो विकास लाई प्राथामिकतामा राखिने बताउदै नगर प्रमुखका उम्मेदवार यादवले गुणस्तरिय र दिगो विकास निर्माणमा समेत आफुले प्रयास गर्ने पत्रकारहरुलाई जानकारी गराए । स्वच्छ, हरावरा प्रदुषणमुक्त नगरको निर्माणमा समेत आफ्नो सक्रियता रहने बताउदै यादवले स्थानिय जनसहभागितामा आफुले विस्वास लिने कुरा व्यक्त गरे ।

भैरहवा क्षेत्रमा हुने विद्युतको समस्यालाई समेत समाधान गर्न विद्युत लाईन विस्तारमा सहजीकरण गर्ने र उज्यालो शहरको रुपमा सिद्धार्थनगरलाई विकास गर्ने यादवको प्रतिबद्धता रहेको छ ।

निमार्णाधिन गौतमबुद्ध अन्तरािष्ट्रय बिमानस्थल, बेलहीया–बुटवल ब्यापारीक मार्ग बिस्तार छिटो पुरा गर्ने बातावरण मिलाउने प्रयासमा समेत आफु लाग्ने नगर प्रमखका उम्मेदवार यादवले वताए ।

उपप्रमुखकी उम्मेदवार माधवी शर्मा वाग्लेले बालबालीका, बृद्ध, महीला, अपाङ्ग, अशक्त तथा अल्पसंख्यक पीछडा बर्गाका लागी बिषेस कार्यक्रम सचांलन गर्ने योजनाक आफुमा रहेको बताईन् ।
भाषा, साहीत्य, कला, धर्म–संस्कृतीको संरक्षण, शिक्षा, स्वास्थ्य तथा खेलकुदको बिकास लाई अगाडी वढाईने उनले वताईन ।
नेपाली काँग्रेस नगर सभापति दिलीप धितालको सभापतित्व, सचिव सजींव सर्मा रेग्मीको सचांलनमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चुनाव प्रचार प्रसार जिल्ला समन्वय समीतीका सयोंजक बिशेश्वर प्रसाद बस्याल, नेपाल उद्योग बाणीज्य महासघंका पुर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठलाई काँग्रेसको पक्षमा जनमत ल्याउन सवैको सहयोग आवश्यक रहेको वताए ।
कार्यक्रममा नेपाली कांग्रेस सिद्धार्थनगरका सवै उम्मेदवारहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्