वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

माओवादी केन्द्र सिद्धार्थनगरको भेला तथा प्रशिक्षण सम्पन्न

        रबिन्द्र प्रताप गुप्ता   |   प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४     ::: 266 पटक पढिएको   |  

भैरहवा।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ने.क.पा. (माओवादी केन्द्र) सिद्धार्थनगर, रुपन्देहीले नगर स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यले सिद्धार्थनगर नगरपालिकामा माओवादी केन्द्रका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन सम्पूर्ण नेता कार्यकर्ताहरुलाई सक्रियताका साथ लाग्न आग्रह गरे । उनले स्थानीय तहको निर्वाचन माओवादीको एजेण्डा भए पनि त्यसलाई अन्य दलले आफ्नो एजेण्डा भन्दै गलत भ्रम फैलाएको आरोप लगाए । माओवादी केन्द्रले जनताको अधिकार सुनिश्चित गर्न र विकासको लागि धेरै काम गरिसकेको छ तर हामीले जनतामाझ आफ्ना एजेण्डाहरु बुझाउन सकेनौ, अरुले पिठो बेचिसके तर हामीले बासमती चामल बेच्न सकेका छैनौ, चामल बोराभित्र थन्किएको छ, त्यसैले अब एजेण्डा बुझाउन प्रचार प्रसारलाई प्रभावकारी बनाउनुपर्छ, निर्वाचनको परिणाम माओवादी केन्द्रको पक्षमा आउँछ आचार्यले भने । माओवादी केन्द्रको नेतृत्वकै सरकारले नै देशलाई लोडसेडिङ मुक्त बनाएको, मंहगीलाई नियन्त्रित गरेको र आर्थिक वृद्धिदर ७.५ प्रतिशत पु¥याएको कुरा अब जनतामा गएर बुझाउनुपर्ने बताए ।
त्यसै गरी पार्टीका पोलिटव्युरो सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खाँले अहिले सम्म जनतालाई पुराना पार्टीहरुले भोट बैंकको रुपमा प्रयोग गर्दै रैति बनाउने काम गरेको बताए । जनतालाई मालिक बनाउन माओवादी केन्द्रलाई नै जिताउनुपर्नेमा उनले जोड दिए ।
माओवादी केन्द्रका रुपन्देही जिल्ला सह–संयोजक एवं सिद्धार्थनगर इन्चार्ज अनुप बराल, जिल्ला सह–संयोजक मक्सुद अली, सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य लगायतले बोल्दै अहिले देशभरी नै माओवादी केन्द्रको जनलहर गर्दा सिद्धार्थनगरमा पनि जनताको साथ र सहयोग पाउनेमा आफुहरु ढुक्क भएको बताए । सोही अवसरमा मेयरका उम्मेदवार फैज अहमद खान र उपमेयरकी उम्मेदवार कमला
थापाले चुनावी प्रतिवद्धता मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सिद्धार्थनगर समिति सदस्य सि.न.पा.–१ बेलहीयाका गोविन्द क्षेत्री उक्त पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
माओवादी केन्द्र सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्यको अध्यक्षता, केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यको प्रमुख आतिथ्यता, नगर सह–सचिव मेराज खानको स्वागत मन्तव्य तथा सचिव तीर बहादुर रोकाय डार्बिनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: