वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

मिनराज चौधरीद्वारा लिखित पुस्तक “थरुहट आन्दोलन” बिमोचन हुँदै

        बअ सम्बाददाता   |   प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४     ::: 618 पटक पढिएको   |  

काठमाण्डौ।
बर्दियाली थारु विकास मन्च काठमाण्डौको आयोजनामा मिनराज चौधरीद्वारा लिखित “थरुहट आन्दोलन” पुस्तक नेपाल पर्यटन बोर्ड, काठमाण्डौमा यही जेष्ठ २५ गते बिमोचन हुने भएको छ ।
मिनराज चौधरी बर्दियाली थारु बिकास मन्च काठमाडौका सल्लाहकार तथा नेपाल लोकतान्त्रिक फोरमका महामन्त्री पनि हुनुहुन्छ। उहाँको थरुहट आन्दोलनमा आधारित लेखिएको उक्त पुस्तक नेपाल लोकतान्त्रिक फोरम पार्टीका अध्यक्ष तथा पुर्वमन्त्री बिजय कुमार गच्छदार ज्युको प्रमुख अतिथ्यतामा नेपाल पर्यटन बोर्ड सभाहल भृकुटीमण्डप काठमाडौमा जेष्ठ २५ गते बिहिबार १२ बजे कृति लोकार्पण हुने मन्चले जनाएको छ । मन्चले कार्यक्रममा सबैलाई सहभागी हुन आमन्त्रण गरेको छ ।

सो कार्यक्रममा सहभागी हुनको लागि सिताराम थारु (९८४१९८१७५४), बिन्तीराम चौधरी( ९८४८०३४५७१) लाई सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्