वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

दार्जलिङमा पहिरो (अपडेट), ४० नेपाली भाषीको मृत्यु, १०० बढी बेपत्ता

          |   प्रकाशित मितिः बिहिबार, असार १७, २०७२     ::: 297 पटक पढिएको   |  
काठमाण्डौ, असार १७
अविरल वर्षापछिको पहिरोले दार्जलिङमा ४० नेपाली भाषीको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते र सयभन्दा बढी बेपत्ता छन् । आजको कान्तिपुर दैनिकमा खबर छ । 
दार्जलिङ प्रहरीका अनुसार मंगलबार रातिको अविरल वर्षापछि पहिरो खस्दा मिरिकमा २८ र कालिम्पोङमा ११ जनाको मृत्यु भएको हो । दार्जलिङ जिल्लापाल कार्यालयका अनुसार मिरिक नगरपालिका क्षेत्रबाट ७ जनाको शव निकालिएको छ । मिरिककै टिङलिङ चिया कमानमा १९ जनाले ज्यान गुमाएका छन् । तीमध्ये १३ जनाको शव प्रहरी टोलीले उद्दार गरेको छ । दार्जलिङ प्रहरी सुपरिटेन्डेन्ट अमित जवलीका अनुसार राष्ट्रिय विपत् उद्दार बल र सीमा सुरक्षा बलको टोलीले बेपत्ताको खोजी तीव्र पारेका छन्। 
News &Views
प्रतिक्रिया दिनुहोस्: